News Portal

रेडियो सुन्नुहोस्

गर्जेनीमा दैनिक गर्जिन्छ पहिरो, प्यूठान–रोल्पा आगमनमा समस्या

झुलेनी नेटवर्क२०८० श्रावण २१
९३७ पटक
२०८० श्रावण २१

प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । यसलेगर्दा बुधबार रातीदेखि रोकिएको सडक अझै सुचारु भएको छैन । प्रहरीका अनुसार आईतबार बिहान पनि चर्केको भाग पहिरो खसेको छ । पहिरो आउनेक्रम नरोकीएका कारण पहिरो हटाउन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । प्यूठान–भालुवाङ्ग सडक–खण्ड अवरुद्ध भएका कारण यो सडकमा यात्रागर्ने यात्रुले निकै दुःख पाइरहेका छन् । सडक सुचारु हुने कुराको यो समाचार तयार पार्दासम्म अझै टुंगो लागेको छैन ।

अवरुद्ध भएको सडक खुलाउने विषयमा पहल गरिरहेको प्रजिअ कोइरालले बताए । सडक खुलाउन ४ वटा मेसिन प्रयोग गरिएको प्रजिअले बताए । ‘पहिरो खस्न रोकिएको छैन,’उनले भने,‘त्यसैले खसेको पहिरो हटाउन समस्या भैरहेको छ ।’ कोइरालाले आईतबार बिहान पूनःपहिरो गएको स्थानमा पुगेर अवलोकन गरेर फर्केको बताए ।

 

जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय प्यूठानले समयमै पहिरो हटाउन नसकिएपछि सूचना जारी गरेर यात्रुलाई बैकल्पिक सडक प्रयोग गर्ने आब्हान गरेका छन् । दाङ नेपालगञ्ज क्षेत्रको यात्रा गर्ने यात्रुहरुले देविस्थान तिराम मुकुर्टि हुँदै घोराहीको सडक प्रयोग गर्न थालेका छन । बुटवल कपिलबस्तु क्षेत्र पुग्ने यात्रु खलंगा अर्खाखाँची गरुसिंगे भएर जान थालेका छन् । काठमाडौंको रात्री बसलाई घोराहि भएर सञ्चान गरेको स्वर्गद्धारी यात्रायात व्यवसायी समिति प्यूठानले जनाएको छ ।


पहिरो हटाउने क्रममा शुक्रबार विहान पहिरो पन्छाईरहेको अवस्थामा पुनःठूलो पहिरो झरेपछि सडक खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । त्यसपछि पनि यहाँ पहिरो खन्न रोकिएको छैन् । पहिरो हटाईरहेको समयमा माथीबाट पहिरो खसेपछि समस्या भएको सडक डिभिजन कार्यालय प्यूठानका सवइन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए । त्यहाँ अहिले ब्याक होल्ड लोडर, व्हिल लोडर, स्काभेटर गरि ४ वटा मेसिन लगाएर दुबै तर्फबाट पहिरो हटाउने काम भइरहेको अधिकारीले बताए । माथीको भाग चिरा परेको हुँदा पहिरो खस्न नरोकिएको अधिकारी बताउँछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...