News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आँखा पाक्ने रोग फैलियो, आँखा अस्पतालमा बिरामीकाे भिड

झुलेनी नेटवर्क२०८० श्रावण २१
७६२ पटक
२०८० श्रावण २१

प्यूठान, केही दिनयता देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोग प्यूठानमा पनि फैलिएको छ ।

हरेक बर्ष बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने भए पनि यस वर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।यो रोग एडिनो भाईरसका कारणले लाग्ने हुँदा यसलाई चिकित्सकीय भाषामा  ‘एडिनो भाइरस कन्जेन्टिभाइटिस’ पनि भनिन्छ ।
‘आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका छन् । समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानको प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन्।


सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सुरुमा आँखा रातो हुने, कचेरा लाग्ने, टाँसिने, आँसु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठ्यारो हुने यो रोगको लक्षण भएको प्रमुख ठकुरीले जानकारी दिईन ।

यो रोगको प्रकोप तीव्र रूपमा फैलिएपछि निको नहुन्जेल रोग लागेका विद्यार्थीहरुलाई घरमा राख्न प्यूठानका विद्यालयहरुले अभिभावकहरूलाई अनुरोध समेत गरेका छन् । यो रोग फैलने क्रम अत्यन्तै तीव्र भएकाले जिल्लाका क्लिनिक र अस्पतालहरू आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा मात्र यो रोगको उपचार गराउनेको संख्या दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ । आइतबार एक दिन मात्र १ सय ४५ जना विरामीहरुले उपचार गर्न विरामीहरु आएको स्वर्णिम शर्मा उपाध्यायले जानकारी दिइन्।


जथाभाबी रूपमा आँखा नछुने, आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्ने सङ्क्रमितहरूले प्रयोग गरेका तौलिया, रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। त्यस्तै आँखाका समस्या भएका विरामीहरुले निजि क्लिनिक र अन्य ठाउँमा उपचार गराउनु भन्दा तुरुन्त आँखा अस्पतालमा उपचार गराउनुपर्ने प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको प्रमुख ठकुरीले सुझाव दिएकी छन्।

कसलाई बढी जोखिम ?

चिकित्सकका अनुसार आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ ।

विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ । ‘तर आँखा पाकेको मानिसमा हेर्दैमा रोग सर्दैन । आँखा पाक्ने रोग आँसुबाट मात्रै सर्छ’, प्रमुख ठकुरी भन्छिन् ।

कसरी बच्ने ?

चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । ‘आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ’, ठकुरीले भनिन्।
आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिन्छन् । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनी बताउँछिन् । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।

घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।
आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न स्वास्थ्यकर्मीहरु सुझाव दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...