News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ड्रिम हन्ड्रेट ले यस बर्ष ११ जना विद्यार्थीलाई निशुल्क शिक्षा दिने

बोम बहादुर परियार२०८० भदौ १९
११८९ पटक
२०८० भदौ १९

ड्रिम हन्ड्रेटले प्यूठानमा शैक्षिक शत्र २०८०/०८१ मा ११ जना विद्यार्थीलाई निशुल्क रुपमा शिक्षा दिन थालेको छ ।

आर्थिक अभावकै कारण पढ्ने इच्छाशक्ति भए पनि एस.इर्.ई दिएर ११ र १२ पढ्नबाट बंचित हुन नपर्ने भन्दै विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ती प्रदान गरी निशुल्क पढ्ने वातावरणको व्यवस्था गरेको ड्रिम हन्ड्रेट प्युठानका प्रमुख संदेश सुवेदीले जानकारी दिए ।

प्रमुख सुवेदीका अनुसार विद्यार्थीले ड्रिम हन्ड्रेट छात्रबृत्ती प्राप्त गरेपश्चात आफुले इच्छाएको प्यूठान जिल्ला भित्र रहेका जुनसुकै विद्यालयमा पढ्न पाउने छन् ।
२०७८ सालदेखी छात्रबृति संचालन गर्दै आएको यस संस्थाले ३७ जना विद्यार्थीहरुलाई जिल्ला भित्रका बिभिन्न विद्यालयहरुमा निशुल्क रुपमा पढाउदै आईरहेको सुवेदीले बताए ।
संस्थाले ५ बर्ष भित्र एक सय विद्यार्थीहरुलाई निशुल्क रुपमा पढाउने लक्ष्य  लिएको छ । छात्रबृत्ती संगसंगै ड्रिम हन्ड्रेट ले जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता, कविता लेखन प्रतियोगिता र मेंटर्शिप कार्यक्रम समेत नियमित रुपमा संचालन गर्दै आइरहेको छ । ड्रिम हन्ड्रेटको छात्रबृत्ती फाराम एस ई ई को परिक्षा पश्चात खुल्ने गर्दछ ।
समाज कल्याण परिषदमा दर्ता भई संचालनमा आएको उक्त संस्था गैर नाफामूलक सामाजिक संस्था भएको सुवेदिको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...