News Portal

रेडियो सुन्नुहोस्

आहा ! नौबहिनीको प्रशासकीय भवन

झुलेनी नेटवर्क२०८० भदौ २६
१५०९ पटक
२०८० भदौ २६

प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ साल असार ११ मा निर्माण थालिएको भवन निर्मांण अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । प्रशासकीय भवनको उद्घाटन असोजमा गर्ने गरी तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

८ करोड ३४ लाख ८८ हजार ७ सय १९ रुपैयाँ लागत अनुमान गरिएको भवन ६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपैयाँ ९ पैसामा ठेक्का भएर निर्माण भएको पालिकाले जनाएको छ । भवन निर्माणको ठेक्का रविना/आँशु /मल्लरानी जेभीले २०७९ मंसिर १५ मा सम्पन्न गर्ने गरी लिएको थियो । नौबहिनी गाउँपालिकाले हाल भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।भवन निर्माण भएपछि कार्यसम्पादनमा सुधार हुने आसा गरिएको पालिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको नौबहिनी गाउँपालिकाको सुन्दर र आर्कषक भवन निर्माणसँगै पालिकाबासीले सर्वसुलभ र छिटोछरितो सेवा पाउने आशा गरेका छन् । पालिकाको चिटिक्क भवन जस्तै सेवाग्राहीले पनि पालिकाको भवनबाट मुस्कान सहितको सेवा पाउने आशा गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...