News Portal

रेडियो सुन्नुहोस्

गैरीगाउँ हत्याकाण्ड अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानविन समिति गठन

झुलेनी नेटवर्क२०८० भदौ ३०
५६० पटक
२०८० भदौ ३०

 

काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार उक्त समितिमा काठमाडौं प्रहरी परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

शुक्रबार राति काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो । शनिबार बिहान टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको हो । काठ मिलमा गार्डको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी ५२ वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि काठ मिल भएकै घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ। दीपेन्द्र नवीनको साथी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि प्रहरीको भनाई छ । शरीरमा रगत लागेको अवस्थामा दीपेन्द्र ट्याक्सी चढेर आफैं प्रहरी कार्यालयमा उपस्थित भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाई छ।

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...