News Portal

रेडियो सुन्नुहोस्

संस्कृतिको संरक्षणमा सारीः २०८० को उत्कृष्ट देउसी भैलोलाई सम्मान

बिबश जि.एम२०८० मंसिर ८
१२५५ पटक
२०८० मंसिर ८

आधुनिकता भित्रिएपछि पछिल्लो समय देउसी भैलोको नाममा स्पिकर लगायतका साधनहरुमा गितहरु बजाएर मनोरञ्जन गर्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा हाम्रा परम्परागत मौलिक देउसी भैलोहरु ओझेलमा पर्न थालेका छन् भने पुराना संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन सकेका छैनन् ।

पुराना कला संस्कृतिलाई जगेर्ना गर्न स्वर्गद्धारी नगरपालिका ५ सारीेले देउसी भैलोलाई शुक्रबार सम्मान गरेको हो । सारीले आफ्नो वडामा मौलिक देउसी भैलोलाई जागाउन भैलो समूहहरुलाई प्रोत्साहन गरेको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । यस बर्ष तिहारमा खेलिएको देउसी भैलोमा स्थानिय कला, संस्कृति र मौलिकता झल्कालाई प्रस्तुत गरेको भन्दै उत्कृष्ट २ समुहलाई वडाले नगद सहित प्रमाणपत्रले सम्मान गरेको अध्यक्ष घर्तिले बताए ।

वडा समितीको बैठकले पुराना मौलिक कला, संस्कृति सहितका देउसी भैलो कार्यक्रमहरु लोप हुँदै जादा देउसी भैलोको मर्म नै मेटिन सक्ने भन्दै सो निर्णय गरेको थियो । वडाको यो निर्णयले नागरीक उत्साहित हुने र नयाँ पुस्तामा पनि पुराना पुस्ताको कला, संस्कृति प्रति आकर्षण बढ्दा यसलाई जोगाउन मद्दत मिल्ने अध्यक्ष घर्तिको विश्वास छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...