News Portal

रेडियो सुन्नुहोस्

सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन, ‘डिपार्चर’ चाहिन्छः मन्त्री शर्मा

झुलेनी नेटवर्क२०८० पौष ३, काठमाण्डौ
४५५ पटक
२०८० पौष ३, काठमाण्डौ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुुग्ने भएकाले यसको ‘डिपार्चर नै आवश्यक भएको बताएकी छिन् । त्यसका लागि आफूहरु निरन्तर लागिरहेकाले क्रमशः नतिजा पनि आउन सुरु गर्ने उनले बताए । प्रविधि पत्रकार मञ्चको कार्य समितिसँग मन्त्रालयमा भएको छलफलमा उनले सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानुनी र संरचनागत सुधारकै लागि गृहकार्य गरिरहेको बताईन् ।

‘एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दैछ भने अर्कोतिर नेपालमै बसेर नेपालीहरुले संसारसँग प्रतिष्पर्धा गर्ने एक मात्र आधार सूचना प्रविधि बन्दैछ’– मन्त्री शर्माले भनिन्– ‘हामीले नेपालमा स्थापना गरेका अन्य उद्योगधन्दा सूचना प्रविधि क्षेत्रमा गरिएको उत्पादनले सीमाविहीन रुपमा संसारभित्र प्रतिष्पर्धा गर्न सकिने अवस्था बन्दै छ, यो अवसरलाई आत्मसात नीतिगत र संरचनागतरुपमै परिवर्तन आवश्यक देखिएको छ ।’

त्यसका लागि आफूहरुले नीति र कानुन निर्माणलाई प्राथमिकतामा राखेको उनले जानकारी दिईन् । नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै उहाँले यसका आधारमा अहिले कानुनको मस्यौदा भइरहेको जानकारी पन गराए । डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएको भन्दै त्यसको एउटा अंग डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) प्रोजेक्टको पुनसंरचना अन्तिम चरणमा पुर्याइएको मन्त्री शर्माले जानकारी दिईन् ।

मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले डिजिटल पूर्वाधार निर्माण गर्न सक्ने भए पनि बाँकी शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, वित्त, शहरी विकासलगायतका क्षेत्रसँग पनि जोडिएकाले सबै पक्षसँग आवश्यक समन्वय आवश्यक रहेको बताईन् । सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता र आधारभूत आवश्यकताको रुपमा ग्रहण गरे पनि सबै सरकारी निकायको बुुझाइमा एकरुपता नहुँदा समस्या हुने गरकोमा पनि मन्त्री शर्माले सबै सरकारी निकायको ध्यानाकर्षण गराईन् ।

सरकारले यही वर्ष जारी गरेको फ्रिक्वेन्सी नीति र सम्पत्ति व्यवस्थापन नियमावलीले दूरसञ्चारको क्षेत्रमा डिपार्चर नै गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्दा डराउनुपर्ने अवस्था नरहेको स्पष्ट समेत पारिन । ‘मन्त्री होस् वा कर्मचारी दिमागमा राष्ट्रहितलाई काम गरेर अगाडि बढ्ने हो भने कोही पनि डराउनुपर्दैन’– उनले भनिन्– ‘सञ्चार तथा सूचना प्रविधिको क्षेत्र थप संवेदनशील भएकाले पनि धेरै गर्न नै नसकिएला तर राष्ट्रलाई क्षति हुने गरी कुनै काम हुनुहुन्न भन्नेमा हामी स्पष्ट छौं, नीति र बिधिमै रहेर पनि सूचना प्रविधिको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास छ, यसमा सबै क्षेत्रको सहयोग आवश्यक छ ।’

सूचना प्रविधिको विकासमार्फत युवालाई देशभित्रै बस्न प्रेरिरत गर्ने गरी केही विशेष कार्यक्रम गर्ने तयारी थालेको पनि मन्त्री शर्माले जानकारी दिईन् । आइटी एक्जिविसन, डिजिटल च्याम्पियन, डिजिटल स्किलजस्ता कार्यक्रममार्फत यो क्षेत्रमा नयाँपन दिने प्रयासमा आफू लागेको पनि उहाँले स्पष्ट गराईन् ।

कार्यक्रममा प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेललगायत पदाधिकारी र सदस्यहरुले सूचना प्रविधिको विकासमा मन्त्री शर्माले अघि सारेको रोडम्यापबाट सूचना प्रविधि क्षेत्रले धेरै संभावना देखेको औल्याउँदै सरकार वा मन्त्री बदलिए हराउने कार्यक्रमभन्दा नेतृत्वमा जो आए पनि कार्यान्वयन गर्न बाध्य बनाउने नीति, कानुन र संरचना निर्माणमा जोड दिन सुझाव दिएकी छिन्।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...