News Portal

रेडियो सुन्नुहोस्

सुचना विभागको सिविर २० र २१ गते प्यूठानमा आउने (प्रवाह गरिने सेवा र आवश्यक कागजात सहित..)

सिखबर संवाददाता१९ मंसिर, प्यूठान
१७१९ पटक
१९ मंसिर, प्यूठान

प्रेससंग सम्वन्धित सेवा प्रवाहका लागि सुचना विभागको घुम्तिसिविर प्यूठानमा सञ्चालन हुने भएको छ। प्यूठान र आसपासका जिल्लाहरुलाई लक्षित गरि मंसिर २० र २१ गते सिविर सञ्चालन हुन लागेको हो।

विभागवाट प्रवाह गरिदै आएको सेवालाई स्थानिय सञ्चार प्रतिष्ठान र श्रमजिवि पत्रकारले स्थानिय स्तरवाटै सेवा प्राप्त गर्न सकुन भन्ने उद्धेश्यले सिविर सञ्चालन हुन लागेको हो। सिविरमा प्यूठान र आसपासका जिल्लाका पत्रकार र सञ्चारमाध्यमले सुविधा लिनेछन्।

यसअघि पठाईसक्नु पर्ने श्रमजिवि दरवन्दि विवरण्ण समेत सिविरमा पेस गर्न सकिने नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर रानाले वताए। नियुक्तिपत्र, सिफारिस, श्रमजिवी दरवन्दि विवरणको नमुना विभागको वेवसाईट www.doinepal.gov.np/downloads वाट प्राप्त गर्न सकिन्छ।

प्रदान गरिने सेवाहरु र आवश्यक कागजात
१. सञ्चार गृहले पठाउनुपर्ने कागजातहरु
आफ्नो सञ्चार संस्थामा कार्यरत रहेका प्रकाशक, श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरुको विवरण र दरवन्दि विवरण (नमूना फाराम ३ र ४ भर्ने)
क. पत्रिकाको हकमा हालै प्रकाशित अंक १
ख. टेलिभिजन र रेडियोको हकमा प्रशारण अनुमतिपत्रको हालसम्म नवीकरण भएको प्रतिलिपि
ग. अनलाईन समाचार संस्थाको हकमा सुचना विभागवाट प्राप्त गरेको दर्ता प्रमाणपत्रको प्रतिलिपी

२. प्रेस प्रतिनिधी प्रमाणपत्र तथा पत्रकार परिचयपत्र जारी
– रीतपुर्वक भरिएको अनुसूचि फाराम
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
– तोकिएको ढाँचामा अवधी र न्यूनतम पारिश्रमिक खुलेको नियुक्ति पत्र
– सम्बन्धित संस्थाको सिफारिस पत्र
– एस. एल. सि. उर्तीण गरेको लव्धांक पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी
– सम्पादकको हकमा एस.एल.सि. देखि स्नातकसम्मको लव्धांकपत्र र चारित्रिक प्रमाणपत्र वा एसएलसि उतीर्ण गरेको लव्धांकपत्र, चारित्रिक प्रमाणपत्रको प्रतिलिपी र सूचना विभागवाट प्रमाणित गरिएको १० वर्षको अनुभवको प्रमाणपत्र। पत्रिकाकोः जिल्ला प्रशासन कार्यालयवाट जारी स्थायी प्रमाणपत्रको प्रतिलिपी, अनलाईनकोः सूचना तथा प्रशारण विभागवाट जारी प्रमाणपत्रको प्रतिलिपी

३. प्रेस प्रतिनिधी प्रमाणपत्र तथा पत्रकार परिचयपत्र नवीकरण
– रीतपुर्वक भरिएको अनुसूची फाराम
– तोकिएको ढाँचामा अवधि र न्यूनतम पारिश्रमिक खुलेको नियुत्तिः पत्र
– सम्वन्धित संस्थाको सिफारिस पत्र
– स्वतन्त्र पत्रकारका लागि हालै प्रकासित ३ वटा लेख रचना

४. पत्रकार परिचयपत्र प्रतिलिपी
-निवेदन फाराम
– सम्वन्धित संस्थाको सिफारिस पत्र

५. अध्यक्ष, प्रकाशक, व्यवस्थापकीय प्रमुख र प्रवन्ध निर्देशकको परिचयपत्र जारी
-रीतपूर्वक भरिएको अनुसूची फाराम,
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
– सम्वन्धित संस्थाको सिफारिस पत्र
क) प्रकाशकको हकमाः प्रकाशकमा निवेदकको नाम उल्लेख भएको पत्रिका र पत्रिकाको स्थायि दर्ताको प्रमाणपत्रको प्रतिलिपी
ख) अध्यक्षको हकमाः अध्यक्ष पदमा रहेको प्रमाणपत्रको प्रतिलिपी
ग) सञ्चार प्रतिष्ठानमा कार्यरत व्यवस्थापकीय प्रमुख वा प्रवन्ध निर्देशकको हकमा नियुक्ति पत्रको प्रतिलिपी

६. पत्रिकाको अस्थायी दर्ता सिफारिसः जिल्ला प्रशासन कार्यालयको पत्र
७. पत्रिकाको स्थायी दर्ता सिफारिस
-अस्थायी दर्ताको प्रमाणपत्रको प्र्रतिलिपी
– स्थायी दर्ताका लागि सम्वन्धित सञ्चारगृहवाट गरिएको अनुरोध पत्र
– छापाखाना र प्रकाशन सम्वन्धि ऐन नियममा उल्लेख भए बमोजिम अस्थायी दर्ता प्रमाणपत्र प्राप्त गरी हालै प्रकाशित तोकिएको संख्याका अंकहरुः दैनिक ४५, अर्धसाप्ताहिक ११, साप्ताहिक ६, पाक्षिक र मासिक ४, द्धैमासिक देखि चौमासिक सम्म ३ र अर्धवार्षिक र वार्षिकका लागि २ अंक

८. पत्रिकाको लागि टेलिफोन जडान तथा महसूल छुट सिफारिस
-स्थायि दर्ता प्रमाणपत्रको प्रतिलिपी
– टेलिफोन जडान तथा महसूल छुट पाउन सिफारिसको लागि सञ्चार गृहवाट गरिएको अनुरोध पत्र

नमुना–१ (नियुक्ति पत्रको ढाचा)
…………सञ्चारगृह /कम्पनी/ संस्थाको नाम ठेगाना

पत्र संख्या:
चलानी न.
मिति: २०७४। । ।

विषय: नियुक्ति–पत्र

श्री…………………………………..
………………………………………।

महाशय,
तपाईको निवेदन र योग्यताको आधारमा मिति २०७ । । को निर्णय अनुसार तपाईलाई यस सञ्चार गृह/ कम्पनी/संस्था सञ्चालन गरेको……………………………………………
(मिडिया) मा श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ ( संशोधन सहितको) को दफा ३ (क) बमोजिम देहायका शर्तमा यो नियुक्ति पत्र दिइएको छ । प्रचलित ऐन, नियम र यस संस्थाको विनियम बमोजिम संस्थाको हित र प्रवद्र्धनमा तपाईंको सहयोग रहने विश्वास गरिएको छ ।
१. पद;
२. नियुक्तिको किसिम: स्थायी/अस्थायी/करार/आंशिक
३ परिक्षणकाल………….(स्थायी नियुक्तिको हकमा ६ महिना परिक्षणकाल रहने)
४ अवधि………(अस्थायी, करार, आंशिकको हकमा नियुक्ति अवधि खुलेको हुनु पर्ने)
५. मासिक पारिश्रमिक रु……………..(अक्षरुपी; ……………………)
६. काम गर्ने समय;
७. कार्यक्षेत्र ;
८. अन्य सुविधा तथा शर्तहरु;

(क) …………………………………
(ख) …………………………………

आधिकारिक हस्ताक्षर

बोधार्थः
श्री प्रेस रजिष्ट्रारको कार्यालय,
सूचना विभाग, काठमाडौं ।

 करारमा काम गर्नेको हकमा नियुक्ति पत्रको नमूनामा रहेको विवरण उल्लेख गरिएको करार सम्झौता पत्र ।

(सम्बन्धित संस्थाले काम, कर्तव्य र अधिकारबारे ऐन र नियमसँग नबाझिने गरी शर्तहरु तोक्न सक्नेछ)

 

 

नमुना–२ (सञ्चार प्रतिष्ठानले सिफारिस गरी पठाउने ढाचा)
……………सञ्चारगृह/ कम्पनी/ संस्थाको नाम
ठेगाना
पत्र संख्या:
चलानी न.:
मिति: २०७४। । ।

विषय: –प्रेस प्रतिनिधि प्रमाणपत्र/पत्रकार परिचयपत्र उपलब्ध/नविकरण/प्रतिलिपि/संस्था परिवर्तन सम्बन्धमा ।

श्री महानिर्देशकज्यू
सूचना विभाग ।

उपर्युक्त विषयमा यस सञ्चार प्रतिष्ठानका स्थायी/अस्थायी/करार नियुक्त भई कार्यरत सम्पादक÷प्रेस प्रतिनिधि श्री ………………………………. लाई समाचार संकलनार्थ प्रेस प्रतिनिधि प्रमाणपत्र/पत्रकार परिचयपत्र उपलब्ध/नविकरण/प्रतिलिपि/ संस्था परिवर्तनको व्यवस्था हुन सिफारिस गर्दछु ।
साथै स्थायी/अस्थायी/करारमा नियुक्त निजको मासिक पारिश्रमिक रु……………………….(अक्षेरुपीः……………….मात्र) रहेको व्यहोरा समेत अनुरोध छ ।

आधिकारिक हस्ताक्षर

 

 

नमुना–३ (दरबन्दी विवरण पठाउने ढाचा)
……………………………..सञ्चारगृह/ कम्पनी/ संस्थाको नाम
ठेगाना
पत्र संख्या:
चलानी न.
मिति: २०७४। । ।

विषय: – दरबन्दी विवरण (आ.व. २०७……)

श्री महानिर्देशकज्यू
सूचना विभाग

उपर्युक्त विषयमा यस सञ्चार प्रतिष्ठानमा आ.व. २०७…… समेतका लागि कायम रहेको श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्वीकृत दरबन्दी एवं पारिश्रमिकको विवरण देहाय बमोजिम उल्लेख गरी पठाइएको व्यहोरा अनुरोध छ ।

आधिकारिक हस्ताक्षर

(द्रष्टव्यः जस्तै कुनै सञ्चार गृहको स्वीकृत कुल दरबन्दी संख्या १० रहेछ भने सो मध्ये ५ स्थायी, ५ अस्थायी, १ करार हुनसक्छ ।)

– आ.व. ……….. भरका लागि निर्धारण गरी पठाइएको दरबन्दी विवरण सो आर्थिक वर्षभरी मान्य हुनेछ । सो विवरणमा पछि संशोधन गर्न सकिने छैन ।
– कुल दरबन्दीको १५ प्रतिशतभन्दा बढी करार सेवामा राख्न पाइने छैन ।

 

नमुना–४ (अध्यक्ष, प्रकाशक र श्रमजीवी पत्रकार, कर्मचारी कामदारको विवरण पठाउने ढाचा)
………………………सञ्चारगृह/ कम्पनी / संस्थाको नाम
ठेगाना
पत्र संख्या:
चलानी न.:
मिति :२०७..। । ।

विषय: अध्यक्ष/ प्रकाशक र श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको
विवरण (आ.व. ०७………….)

श्री महानिर्देशकज्यू
सूचना विभाग ।

उपर्युक्त विषयमा यस सञ्चार प्रतिष्ठानमा अध्यक्ष/प्रकाशक कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको विवरण देहाय बमोजिम उल्लेख गरी पठाइएको व्यहोरा अनुरोध छ ।

आधिकारिक हस्ताक्षर

(द्रष्टव्य: श्रमजीवी वर्ग पहिचानका लागि श्रमजीवी पत्रकार भए ‘क’, श्रमजीवी कर्मचारी (प्रशासकीय, व्यवस्थापकीय, प्राविधिक वा अन्य) भए ‘ख’, श्रमजीवी कामदार भए (श्रमजीवी पत्रकार वा कर्मचारी बाहेक) भए ‘ग’ स्ट्रिञ्जरको कार्य गरिरहेको भए ‘स्ट्रिञ्जर’ आदि कैफियत महलमा संकेत उल्लेख गरिदिनुहुन ।)

 

 

संस्था परिवर्तन
श्री महानिर्देशकज्यू
सूचना विभाग ।

मिति:

विषय: संस्था परिवर्तन गरी पाऊ ।

महोदय,
उपर्युक्त विषयमा यस विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र (नं. ………………) प्राप्त गरी नियमितरुपमा………………………………………………..मा कार्यरत रहँदै आएकोमा हाल …………………………….. मा कार्यरत रहेकोले मेरो प्रेस प्रतिनिधि प्रमाणपत्रमा संस्था परिवर्तनका लागि रु. १०।– को टिकट टाँस गरी अनुरोध गर्दछु ।

संलग्न कागजातहरुः
. सम्बन्धित संस्थाको सिफारिस पत्र ।
. नियुक्तिपत्रको प्रतिलिपि ।
(विभागमा प्राप्त श्रमजीवी विवरणमा नाम उल्लेख भएको हुनुपर्दछ ।)
(नियमानुसार दस्तुर रु. १००।–

निवेदकको सही:

नाम:
ठेगाना:
प्रमाणपत्र नं.

 

 

सूचना विभागको प्रयोजनका लागि
श्रीमान्,
निवेदक…………………………………………………बाट हाल ……………………………………………….मा कार्यरत रहेकोले संस्था परिवर्तन गरी पाउँ भनी आवश्यक कागजात सहित निवेदन दिनुभएकोले निजको प्रेस प्रतिनिधि प्रमाणपत्र (नं. ……………..) मा संस्था परिवर्तन गर्ने सम्बन्धमा निर्णयार्थ पेश गर्दछु ।

पेश गर्ने:

सिफारिश गर्ने :

सदर गर्ने:

 

प्रतिलिपि
श्री महानिर्देशकज्यू
सूचना विभाग ।

मिति:

विषय: प्रतिलिपि पाऊ“ ।

महोदय,
उपर्युक्त विषयमा यस विभागबाट मेरो नाममा जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र÷पत्रकार परिचयपत्र (नं……………..) हराएको/ जलेको/झुत्रो भई नष्ट भएको कारणले नियमानुसार प्रतिलिपि पाउन रु. १०।– को टिकट टाँस गरी अनुरोध गर्दछु ।

संलग्न कागजातहरुः
. सम्बन्धित संस्थाको सिफारिस पत्र ।
. प्रेस प्रतिनिधि प्रमाण पत्रको प्रतिलिपि माग भएकोमा रु. २००। दस्तुर सहित पत्रकार परिचय पत्रको प्रतिलिपि र सक्कल पत्र ।
. पत्रकार परिचय पत्रको प्रतिलिपि माग भएकोमा रु. ५०। दस्तुर सहित प्रेस प्रतिनिधि प्रमाण पत्रको प्रतिलिपि र सक्कल पत्र ।
. प्रेस प्रतिनिधि प्रमाण पत्र र पत्रकार परिचयपत्र दुवैको प्रतिलिपि माग भएकोमा
रु. २५०। दस्तुर सहित नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि ।
(नियमानुसार अन्य दस्तुर)

निवेदकको सही:

नाम:
ठेगाना:
प्रमाणपत्र नं.

सूचना विभागको प्रयोजनका लागि
श्रीमान्,
निवेदकले प्रेस प्रतिनिधि प्रमाणपत्र/पत्रकार परिचय पत्र (नं. …………….) को प्रतिलिपि पाउन माथि उल्लेखित कागजातसहित निवेदन दिनुभएकोले प्रतिलिपि दिने सम्बन्धमा निर्णयार्थ पेश गर्दछु ।

पेश गर्ने:              सिफारिश गर्ने:          सदर गर्ने:

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...