News Portal

रेडियो सुन्नुहोस्

सहिदहरुको काम कर्तव्यलाई सधै सम्झिनु पर्छ : सांसद थापा

बिबश जि.एम२०८० माघ १६
६४६ पटक
२०८० माघ १६

सहिदहरुलाई सम्झिने कुरा सहिद दिवसमा मात्र निर्भर रहन नहुने प्रतिनिधि सभा सदस्य सुर्य थापाले बताएका छन् । सहिद दिवसको अवसरमा सहिद स्मृति पार्क निर्माण व्यवस्थापन समिति प्यूठान नगरपालिका ४ र ७ ले मंगलबार सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद थापाले बर्षमा एकपटक फूलमाला लगाएर मात्र सम्मान गरेर सहिदहरुको सपना पुरा गर्न नसक्ने बताएका हुन् । सांसाद थापाले भुपि शेर्चनको कविता “हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपुत मरेर नगए” लाई सम्झिदै उहाँ ४ सहिदहरु कुनै पनि पार्टीको नभई सिंगो मुलुकको भएको बताए । सहिदका काम कर्तव्य हाम्रो जीवनमा, कार्यप्रर्णालीमा, व्यवहारमा र समाजका अकांक्षाहरुमा सम्झिन आवश्यक रहेको उनको भनाई थियो । साथै सांसद थापाले प्यूठानमा विभिन्न समयमा जीवन आहुती दिएका सहिदहरुलाई पार्क भित्र समेट्न नसकेमा यो पार्क राणाकाल विरोधी सहिदहरुको पार्कमा मात्र सिमित हुने बताउँदै विभिन्न रुपमा देशको लागि जीवन बलिदान गरेका व्यक्तिहरुलाई पनि समेट्न पार्क व्यवस्थापन समितिलाई सुझाब दिए ।

सहिदहरुले दिएको भूमिका अतुलनीय भएको बताउँदै लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले सहिदहरुले देखाएको बाटोलाई हामीले मनन गरेर हरेक काममा सधै अगाडी बढ्ने बताए ।

सहिद स्मृति पार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन पार्क निर्माण व्यवस्थापन समितिका सचिव झबेन्द्र शर्माले गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय सांसद निमा गिरी, धना लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी संघ प्यूठानका प्रमुख नविन श्रेष्ठ, एमाले प्यूठानका अध्यक्ष विजयविराज बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानका प्रतिनिधि ओमहरी भट्टराई, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...