News Portal

रेडियो सुन्नुहोस्

सहिदहरुको काम कर्तव्यलाई सधै सम्झिनु पर्छ : सांसद थापा

बिबश जि.एम२०८० माघ १६
४८५ पटक
२०८० माघ १६

सहिदहरुलाई सम्झिने कुरा सहिद दिवसमा मात्र निर्भर रहन नहुने प्रतिनिधि सभा सदस्य सुर्य थापाले बताएका छन् । सहिद दिवसको अवसरमा सहिद स्मृति पार्क निर्माण व्यवस्थापन समिति प्यूठान नगरपालिका ४ र ७ ले मंगलबार सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद थापाले बर्षमा एकपटक फूलमाला लगाएर मात्र सम्मान गरेर सहिदहरुको सपना पुरा गर्न नसक्ने बताएका हुन् । सांसाद थापाले भुपि शेर्चनको कविता “हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपुत मरेर नगए” लाई सम्झिदै उहाँ ४ सहिदहरु कुनै पनि पार्टीको नभई सिंगो मुलुकको भएको बताए । सहिदका काम कर्तव्य हाम्रो जीवनमा, कार्यप्रर्णालीमा, व्यवहारमा र समाजका अकांक्षाहरुमा सम्झिन आवश्यक रहेको उनको भनाई थियो । साथै सांसद थापाले प्यूठानमा विभिन्न समयमा जीवन आहुती दिएका सहिदहरुलाई पार्क भित्र समेट्न नसकेमा यो पार्क राणाकाल विरोधी सहिदहरुको पार्कमा मात्र सिमित हुने बताउँदै विभिन्न रुपमा देशको लागि जीवन बलिदान गरेका व्यक्तिहरुलाई पनि समेट्न पार्क व्यवस्थापन समितिलाई सुझाब दिए ।

सहिदहरुले दिएको भूमिका अतुलनीय भएको बताउँदै लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले सहिदहरुले देखाएको बाटोलाई हामीले मनन गरेर हरेक काममा सधै अगाडी बढ्ने बताए ।

सहिद स्मृति पार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन पार्क निर्माण व्यवस्थापन समितिका सचिव झबेन्द्र शर्माले गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय सांसद निमा गिरी, धना लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी संघ प्यूठानका प्रमुख नविन श्रेष्ठ, एमाले प्यूठानका अध्यक्ष विजयविराज बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानका प्रतिनिधि ओमहरी भट्टराई, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...