News Portal

रेडियो सुन्नुहोस्

दाङमा सवारी दुर्घटना हुँदा प्यूठानका दुई दिदीबहिनीको मृत्यु

झुलेनी नेटवर्क२०८० फागुन २
४७४ पटक
२०८० फागुन २

दाङमा भएको सवारी दुर्घटनामा परि प्यूठानका एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । बुधबार दिउँसो ४ः३० बजे दाङको राप्ती गाउँपालिक ८ पिपरीमा स्कारपियोले साईकललाई ठक्कर दिदा गम्भिर घाइते भएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । डिएसपी मल्लका अनुसार स्कारपियोले साइकललाई ठक्कर दिदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका– ८ निवासी ३५ बर्षिया राधा बस्नेतको घटना स्थलमा र साइकलको पछाडि बसेकी उनकी बहिनी १६ बर्षिया विपना केसीको क्रिम्सन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आफन्त आएपछि शवको पोष्टमार्टम विहिबार विहान गरिने डिएसपी मल्लको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...