News Portal

रेडियो सुन्नुहोस्

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

बिबश जि.एम२०८० फागुन ७
४७५ पटक
२०८० फागुन ७

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा महेन्द्र मा।वि खलंगाबाट सुरु भएको प्रभात फेरी जिल्ला प्रशासन कार्यालय, कबडहल हुँदै जिल्ला समन्वय समितिमा औपचारिक कार्यक्रम भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । कार्यक्रममा उल्लेख्य सहभागिता भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार भोलि मंगलबार विहान प्यूठान क्याम्पस खलंगामा अध्ययन गर्ने विद्यार्थीहरुको लागि स्वास्थ्य सचेतना कार्यक्रम, शहिद स्मृति पार्क गाजुरीमा बृक्षारोपण र खैरा विद्यालयमा रहेका अपागंता भएका विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सोही कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानले सहभागि र सर्बसाधारणहरुको ब्लड प्रेसर सुगर जाँच गर्ने कार्यक्रम गरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मी, प्यूठान क्याम्पसका प्रमुख कल्पना खड्का, महेन्द्र मा.वि खलंगाका प्रधानाध्यापक पिताम्बर पौडेल, पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फोटो : जिल्ला प्रशासन कार्यालय प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...