News Portal

रेडियो सुन्नुहोस्

बुटवलमा राखिएको प्रदिपको खुट्टाको रड प्यूठानमा निकालियो

बोम बहादुर परियार२०८० फागुन २४
८२१ पटक
२०८० फागुन २४

झिमरुक गाउँपालिका ६ अर्गेलीका २५ बर्षिय प्रदिप ढकालको गत साल भदौ महिनामा बसवाट लडेर वाँया खुट्टाको साप्रो भाचियो । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली द्धारा सन्चालित रात्री बसमा प्रदिपले काम गर्थे । यात्राकै क्रममा प्यूठान भिङग्री स्थित गाडिवाट लडेर उनको खुट्टा भाचिएको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली का प्रवन्धक चन्द्रमान श्रेष्ठले बताए । घरको आर्थिक अवस्था समेत कमजोर भएका प्रदिपको वुटवल स्थित मर्सिसीटि अस्पतालमा खुट्टाको शल्यक्रिया गरिएको थियो ।

नेपाल सरकार विमा समितीले प्रदिपको उपचारको लागी नियम अनुसार ३ लाख उपलब्ध गराउने प्रवन्धक श्रेष्ठले बताए । तर सुरुको चरणमै उपचारमा ३ लाख भन्दा बढि नै खर्च भएको श्रेष्ठको भनाई छ । मर्सिसीटि अस्पतालमा प्रदिपको शल्यक्रिया पश्चात पुन १७ महिना पछि रड निकाल्न आउन आह्वान गरिएको थियो । साथै रड निकाल्दा ६० हजार खर्च लाग्ने अस्पतालले जनाएको थियो ।

अन्तत प्रदिपको खुट्टाको रड प्यूठान अस्पतालमा निशुल्क निकालिएको छ । समितिका प्रबन्धक चन्द्रमान श्रेष्ठले प्रदिपको खुट्टाको रड प्यूठान मै निकाल्नको लागि प्यूठान अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेललाई आग्रह गरे । सोही कुरा डा. पौडेलले अस्वीकार गरेनन् तर प्रयाप्त सामाग्रीहरु अस्पतालमा उपलब्ध नहुँदा बुटवलबाट सामान मगाएर बुधबार प्रदिपको खुट्टाको रड सफलतापुर्वक निकालिएको डा. पौडेलले जानकारी दिए । जटिल प्रकारको शल्यक्रियाद्धारा राखिएको रड प्यूठान अस्पतालबाट नै सहज रुपमा निकाल्न पाउँदा स्वयम विरामी प्रदिप ढकालले खुसी व्यक्त गरेका छन् ।

त्यस्तै समितिका प्रबन्धक चन्द्रमान श्रेष्ठले भने, “बाकी उपचारमा लाग्ने ६० हजार खर्च समिति वा स्वयम विरामी परिवारले व्यहोर्नु पर्ने थियो” तर प्यूठान अस्पतालबाट निशुल्क रुपमा उपचार गराएपछि खर्च जोगियो ।” एउटा गरिब बिरामीको उपचारमा महत्वपुर्ण सहयोग गर्ने डा. पौडेल र अस्पताल परिवारलाई श्रेष्ठले धन्यवाद दिएका छन् । साथै बुटवलबाट लुम्बिनी सिटी अस्पतालका सञ्चालक बसन्त जि.सीले प्रदिपको रड निकाल्न सामाग्री उपलब्ध गराएको भन्दै यातायात सेवा प्रा.लि मार्फत धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा यी र यस्ता सामाग्रीहरु प्यूठानमै उपलब्ध गराउन सके विरामी र गरिब जनतालाई फाईदा पुग्ने श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...