News Portal

रेडियो सुन्नुहोस्

उपचारमा सहयोग गर्छु भन्दै गरिब बिरामीको घरमै पुगे डाक्टर पौडेल

बोम बहादुर परियार२०८० फागुन २५
१००२ पटक
२०८० फागुन २५

मल्लरानी गाउपालिका ३ मुन्डाँडा खसिनिखर्क निबासी ३८ वर्षिय श्याम बि.क बिगत लामो समयदेखि बिरामी परि बिस्तारामै थलिएका छन् । शरीरमा विभिन्न समस्या देखिएपछि गत भदौ ११ गते श्यामलाई उनका परिवारले प्यूठान अस्पतालमा लगेका थिए । अस्पतालमा उनलाई जाँच गरि हेर्दा मधुमेह (सुगर) अत्यधिक वृद्धि भएको र थप अरु समस्या पनि देखियो । गरिब भएकै कारण औषधि उपचार गर्न सकस भएपछी उनलाई केही औषधि किनेर घरमा ल्याईयो ।

श्रीमानको अबस्था नाजुक हुँदै गएपछी श्रीमती रुप्सी बि.क परिवार खर्च जुटाउन भारत लागिन् । भारतको कमाईले पनि उनको परिवार चलाउन र श्रीमानको औषधि खर्च जुटाउन गाह्रो भयो । पैसा कमाउन हिडेकी श्रीमती अहिले पुन नेपाल फर्केर आएकी छिन् र श्रीमानको स्याहरमा ब्यस्त छिन् । मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मिएका प्यूठान अस्पतालका हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल बिहिबार कार्यालय समय सक्काएर आफ्नै गाउँका बिरामी श्याम बि.कको अवस्था बुझ्न बिरामिको गरमै पुगेका हुन् ।

डाक्टर पौडेलले बिरामीका पुराना पुर्जिहरु हेर्दै अहिलेको अवस्थाबारे बुझे । बिरामी श्यामको प्रेसर अबस्था सामान्य भएतापनि सुगरले शरीरका विभिन्न भागहरुमा असर गरेको उनले बताए । श्यामको एकपटक सुगरको जाँच गरेर हेरि थप उपचार गर्न प्यूठान अस्पतालमा लैजाने र निशुल्क उपचार गर्न आफुले सहयोग गर्ने बताए । पोखरामा रहदा पनि प्यूठानका धेरै दुखी गरिब बिरामीको उपचारमा सहयोग गरेका डाक्टर पौडेलले अहिले प्यूठान अस्पतालबाटै धेरै बिरामीहरुलाई उपचार गर्दै आएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...