News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ८४ जना शिक्षकले पाए नियुक्ति

बिबश जि.एम२०८० चैत २३
९३८ पटक
२०८० चैत २३

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले ८४ जना शिक्षकहरुलाई नियुक्ति दिई पालिकामा सिफारिस गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नियुक्ति पत्र दिएर जिल्लाका सबै स्थानीय तहमा सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए । उनका अनुसार ८५ जना मध्ये १ जना अनुपस्थित भएपछि ८४ जनालाई नै योग्यता क्रमको आधारमा सिफारिस गरिएको छ । अनुपस्थित १ जनालाई पनि नियुक्ति दिएर ऐरावती गाउँपालिकामा सिफारिस गरिने शिक्षा इकाई प्रमुख खड्काको भनाई छ ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी को अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, पेशागत शिक्षक संगठनका प्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...