News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ८४ जना शिक्षकले पाए नियुक्ति

बिबश जि.एम२०८० चैत २३
९२५ पटक
२०८० चैत २३

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले ८४ जना शिक्षकहरुलाई नियुक्ति दिई पालिकामा सिफारिस गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नियुक्ति पत्र दिएर जिल्लाका सबै स्थानीय तहमा सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए । उनका अनुसार ८५ जना मध्ये १ जना अनुपस्थित भएपछि ८४ जनालाई नै योग्यता क्रमको आधारमा सिफारिस गरिएको छ । अनुपस्थित १ जनालाई पनि नियुक्ति दिएर ऐरावती गाउँपालिकामा सिफारिस गरिने शिक्षा इकाई प्रमुख खड्काको भनाई छ ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी को अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, पेशागत शिक्षक संगठनका प्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...