News Portal

रेडियो सुन्नुहोस्

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

बिबश जि.एम२०८१ बैशाख १
११०५ पटक
२०८१ बैशाख १

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ काम भईरहेको छ । त्यसको लागि वितरण केन्द्रले ६ करोड बजेट माग समेत गरेको छ । जिल्लाका ९ स्थानीय तह मध्ये नौबहिनी र गौमुखी गाउँपालिकाको केही स्थानमा विद्युत लाइन विस्तार गरे जिल्लाको सबै ठाउँमा विद्युत पुग्ने प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए । उनका अनुसार हालसम्म ९७ प्रतिशत घरधुरीमा विद्युत पुगिसकेको छ ।

‘‘केही ठाउँमा विद्युत पुग्न बाकी छ,” कार्यालय प्रमुख दासले भने, ‘‘नौबहिनी र गौमुखीका केही वडामा विद्युत पुगेपछि जिल्ला पूर्ण विद्युतिकरण हुन्छ ।” कार्यालयका अनुसार नौबहिनीको १ नं वडा स्याउलिबाङ सबै, ३ नं खवाङमा ४० घरधुरी र गौमुखी गाउँपालिकाको ३ रजवारामा विद्युतिकरण भएपछि उज्यालो प्यूठान घोषणा हुनेछ ।

आवश्यक सामानहरु केन्द्रबाट नै आउने भएकाले विद्युत प्राधिकरणमा सिमित मात्रामा बजेट आउने गरेको प्रमुख दासको भनाई छ । आर्थिक बर्ष २०७९/०८० र २०८०/०८१ मा विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका लागि १÷१ करोड बजेट विनियोजन भएको थियो । ८ बर्षसम्म अलपत्र अवस्थामा रहेको प्यूठानको दम्ती सवस्टेशनको काम धेरै कारणले गर्दा रोकिएको कार्यालय प्रमुख दासले बताए ।

आर्थिक बर्ष २०७१/०७२ सालमा सवस्टेशनको काम सुरु भएको तर सो समयमा नाङ्गो तार भएकाले पनि त्यस तारलाई स्थानीयले विस्तार गर्न नदिएपछि काम रोकिएको कार्यालयको भनाई छ । सवस्टेशनको अवस्थाको बारेमा परिक्षण गरिरहेको कार्यालय प्रमुख दासले बताए । दम्ती सवस्टेशन सञ्चालनमा नआउँदा विद्युत आउने जाने समस्या भईरहेको छ ।

दम्ती सवस्टेशनको कामलाई अगाडी बढाउन ५ करोडमा आरके इन्टरनेशन नेपाल काठमाडौँले जिम्मा पाएको थियो । २०७५ भदौ सम्ममा काम सक्ने गरी ठेक्का लिएको कम्पनीले समयमा काम गर्न नसक्ने भएपछि २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको थियो । तर अहिलेसम्म पनि त्यो काम सञ्चालन हुन सकेको छैन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...