News Portal

रेडियो सुन्नुहोस्

दाङमा बिहेको जिप दुर्घटना, बेहुलाका वावुआमा सहित ६ जनाको मृत्यु

सिखबर संवाददाता२७ मंसिर,दाङ ।
१८३० पटक
२७ मंसिर,दाङ ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको स्कारपियो(जिप) र यात्रु बस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा बेहुलाका आमा(बुवासहित ६ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

चितवनको गितानगरबाट बेहुली लिएर बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस आज बिहान २ बजेतिर आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ४५ वर्षीया विमला खत्री, ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी, ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

मानबहादुर के.सी. र विमला खत्री बेहुलाका आमा र बुवा हुन् ।

दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र जिपका चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

बेहुला र बेहुली भने अर्को गाडीमा सवार थिए थिए । बुवा(आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । जिपसंग ठोक्किएको बसका यात्रुहरु भने सकुशल छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...