News Portal

रेडियो सुन्नुहोस्

दाङमा बिहेको जिप दुर्घटना, बेहुलाका वावुआमा सहित ६ जनाको मृत्यु

सिखबर संवाददाता२७ मंसिर,दाङ ।
२००९ पटक
२७ मंसिर,दाङ ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको स्कारपियो(जिप) र यात्रु बस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा बेहुलाका आमा(बुवासहित ६ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

चितवनको गितानगरबाट बेहुली लिएर बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस आज बिहान २ बजेतिर आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ४५ वर्षीया विमला खत्री, ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी, ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

मानबहादुर के.सी. र विमला खत्री बेहुलाका आमा र बुवा हुन् ।

दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र जिपका चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

बेहुला र बेहुली भने अर्को गाडीमा सवार थिए थिए । बुवा(आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । जिपसंग ठोक्किएको बसका यात्रुहरु भने सकुशल छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...