News Portal

रेडियो सुन्नुहोस्

जन्ति नै दुर्घटनाको कारण मलामि जानुपर्ने भएपछी गाँउपालीका नै सोकमग्न

२७ मंसिर, प्यूठान
७२३ पटक
२७ मंसिर, प्यूठान

वेहुलि लिएर फर्कदै गर्दा बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका –८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ ।

चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –८, शम्शेरगञ्जका दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, दुलाहाकी आमा ४५ वर्षीया बिमला खत्री र दुलाहाका भतिजा ३ वर्षीय प्रविण केसीसहित ६ जनाको निधन भएको छ। यो घटनाले गाउँपालीका नै सोकमग्न भएको छ।

बिहेको रमाइलोमा रहेको शम्शेरगञ्ज गाउँ दुर्घटनाको खबरलगत्तै शोकमा डुबेको छ । शम्शेरगञ्ज बजार बन्द गरी स्थानीयहरु मृतकको घरमा पुगेका छन् ।

मृतक मानबहादुर शम्शेरगञ्जमा रहेको माध्यमिक विद्यालयको शिक्षक हुन । शोकमा आज विद्यालय पनि बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक ऋषि शर्माले गाउँलेहरुले सोच्दै नसोचेको घटना भएको भन्दै गाउँ नै शोकमग्न भएको बताए ।

चितवनबाट बेहुली लिएर फर्कँदै गर्दा जन्तीलाई भोक लागेको भन्दै बेहुलाका बुवा–आमाले दाङको भालुबाङ मौरीघाटमा खसी काटेर खाने व्यवस्था मिलाएर आफूहरु घरमा व्यवस्थापन गर्ने भन्दै अगाडि निस्किएका थिए ।

मौरिघाटबाट सबैभन्दा छिटो घर पुग्ने भन्दै निस्किएका बेहुलाका बुवाआमा चढेको जीप दुर्घटनामा पर्‍यो । बेहुला–बेहुली र जन्तीले घर पुगेपछि मात्रै दुर्घटनाबारे जानकारी पाएका थिए । गाडीका चालकले गाडीको माला निकाल्न लागेपछि मात्रै दुर्घटनाको बारेमा दुलाहा यमबहादुर खत्री र बेहलुी लक्ष्मीलगायत अन्यले जानकारी पाएका हुन् ।

दुर्घटनामा घाइते भएकी ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

जिल्ला अस्पताल दाङमा मृतकहरुको शव पोष्टमार्टम गरी राति नै अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।

source: ujyaaloonline
प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने

यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क...

वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित छः–अध्यक्ष रोसन

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको...

शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई...

 माण्डवीको विपद कोषमा लाखौ रुपैया संकलन

माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन...

सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबि भुक्तानी

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी