News Portal

रेडियो सुन्नुहोस्

अधिकारीद्वारा आफ्ना गुरु श्रेष्ठलाई सम्मान

झुलेनी नेटवर्क२०८१ श्रावण ६, खलङ्गा
४८४ पटक
२०८१ श्रावण ६, खलङ्गा

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोषनले आफ्ना गुरु कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरेका छन् ।

गुरु पूर्णिमाको अवसर पारेर अधिकारीले कक्षा १० सम्म पढाएका श्रेष्ठलाई दोसल्ला र फलफूल सहित सम्मान गरेका हुन् ।

सम्मानको क्रममा प्युठान नगरपालिकाका पुर्वमेयर अर्जुन कुमार कक्षपतिले श्रेष्ठको शैक्षिक क्षेत्रमा राम्रो योगदान रहेको बताए ।

८५ वर्षीय कृष्णगोपाल श्रेष्ठले ३७ वर्ष शिक्षण पेसामा बिताएका थिए ।

जसमध्ये सबैभन्दा लामो समय २१ वर्षसम्म गणेश मा.वि. तिराममा शिक्षण गरेका थिए।पालिका अध्यक्ष अधिकारीले पनि सोही विद्यालयमा पढेका थिए ।

मल्लरानी गाउँपालिका ४ सदरमुकाम स्थित घरमै आराम गरेर स्वास्थ्य लाभ गरिरहेका श्रेष्ठको निवासमै पुगेर अधिकारीले सम्मान गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...