News Portal

रेडियो सुन्नुहोस्

ओलीको निर्देशनपछि एमालेले लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सार्दै

झुलेनी नेटवर्क२०८१ श्रावण ७
७१९ पटक
२०८१ श्रावण ७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने लुम्बिनीमा कांग्रेस–एमालेबीच सहमति भए पनि सोमबार बिहान एमाले अध्यक्षको निर्देशन आएकाले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो ।

एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई बनाउन निर्देशन आएको बताए । दिउँसो १ बजे लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनकहाँ दाबी पेस गर्न जाने उनले बताए ।

एमाले नेता, पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले केन्द्रीय पाटी अध्यक्ष केपी शर्मा ओलीले नयाँ मुख्यमन्त्रीमा आचार्यलाई बनाउन बिहान फोन आएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...