News Portal

रेडियो सुन्नुहोस्

ओलीको निर्देशनपछि एमालेले लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सार्दै

झुलेनी नेटवर्क२०८१ श्रावण ७
७३३ पटक
२०८१ श्रावण ७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने लुम्बिनीमा कांग्रेस–एमालेबीच सहमति भए पनि सोमबार बिहान एमाले अध्यक्षको निर्देशन आएकाले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो ।

एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई बनाउन निर्देशन आएको बताए । दिउँसो १ बजे लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनकहाँ दाबी पेस गर्न जाने उनले बताए ।

एमाले नेता, पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले केन्द्रीय पाटी अध्यक्ष केपी शर्मा ओलीले नयाँ मुख्यमन्त्रीमा आचार्यलाई बनाउन बिहान फोन आएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...