News Portal

रेडियो सुन्नुहोस्

जटिल रोगसँगको सङ्घर्षदेखि मुख्यमन्त्री सम्मको चेतनारायण आचार्यको यात्रा

झुलेनी नेटवर्क२०८१ श्रावण ८
४०८ पटक
२०८१ श्रावण ८

अर्घाखाँचीको अर्घाका चेतनारायण आचार्यलाई एक दशकअघि क्यान्सर, मिर्गौलाजस्ता गम्भीर रोग लागेर थला पार्‍यो । जीवनप्रति निराशामा गएका आचार्य पुनः फर्केर राजनीतिमा आउने धेरैलाई विश्वास थिएन ।

नेपाल र भारतका नाम चलेका अस्पतालमा लाखौँ खर्चेर ठिक नभएको उहाँलाई प्राकृतिक उपचारपछि निको भयो र भएर पुनः राजनीतिमा क्रियाशील हुनुभयो ।

आचार्य अहिले आफूभन्दा सिनियर नेतालाई पछि पार्दै लुम्बिनीको मुख्यमन्त्री बनेर सबैलाई आश्चर्यमा पार्नुभएको छ । ।

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । सोमबार दिउँसो काँग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको हस्ताक्षर पत्र सहित आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

अर्घाखाँची जिल्ला साबिक अर्घा गा.वि.स. वडा नं. ३ अधेरी (हाल सन्धिखर्क नगरपालिका वडा नं. ९) मा पिता टिकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२४ जेठ २१ गते जन्मिनुभएका चेतनारायण आचार्य ११ वर्षको उमेरबाट अनेरास्ववियुमा सङ्गठित हुनुभएको थियो । पिता टिकाराम आचार्य अर्घाखाँची जिल्लाको कम्युनिस्ट पार्टीको संस्थापक नै भएकोले उहाँ बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आबद्ध गर्नुभयो ।

२०४० सालमा अनेरास्ववियु जिल्ला कमिटीको सदस्यमा निर्वाचित हुनुभएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनको क्रममा बुटवल जानुभयो र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको प्रा.क. अध्यक्ष र जिल्ला कमिटी सदस्य बन्नु भयो ।

उहाँको तत्कालीन पार्टीले अर्घाखाँची जिल्लामा फर्काएपछि २०४६ सालमा इलाका कमिटी सदस्य, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्य भई ७ वर्ष काम गर्नुभयो । २०५४ सालको पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट ३० वर्षको उमेरमा अर्घाखाँची जिल्ला पार्टीको सचिव (तत्कालीन पार्टी प्रमुख) मा निर्वाचित हुनुभयो । २०५४ पछि चौथो र पाचौं जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखको रूपमा काम गर्नुभयो ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. १ वाट पराजित आचार्य २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिनुभयो । २०६९ सालमा भएको पार्टी जिल्लाको सातौँ जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित आचार्यले नेकपा कालिन एकताको अवधिमा समेत अध्यक्ष भई ९ वर्ष पुनः जिल्ला पार्टी प्रमुखको रूपमा कार्यभार सम्हाल्नुभयो

। २०७४ सालका भएको प्रदेश सभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट निर्वाचित आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री र ग्रामीण तथा सहरी विकास तथा खानेपानी मन्त्रीको समेत कार्यभार सम्हाल्नुभयो । २०७८ सालमा सम्पन्न उहाँको पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँची जिल्लाको सह इन्चार्जको जिम्मेवारीमा रहनुभयो ।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा गठबन्धनका सँग प्रतिस्पर्धा गरी अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट निर्वाचित आचार्य नेकपा एमाले संसदीय दलको उपनेता बन्नुभयो । साथै लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो ।

कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा आजीवन पूर्णकालीन भई काम गरिरहनु भएको छ । विभिन्न आन्दोलनहरूमा जेल जीवन समेत व्यतीत गर्नुभएका आचार्यले क्यान्सर जस्तो भयानक रोगलाई समेत जितेर पार्टी काममा क्रियाशील हुनुभयो । सोमवार मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्य कुशल संगठक एवँ लोकप्रिय र प्रभावशाली नेताको रूपमा चिनिनुहुन्छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...