News Portal

रेडियो सुन्नुहोस्

के गर्दैछन् शून्य नतिजा भएका प्युठानका १८ विद्यालय ? 

शशिधर भण्डारी२०८१ श्रावण २७
७२९ पटक
२०८१ श्रावण २७

शैक्षिक सत्र सुरु भएको तिन महिना बित्दै छ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा शून्य आएका १८ विद्यालयहरू शैक्षिक सुधारका लागि योजना बनाएर लागेको बताएका छन् ।

प्युठान नगरपालिका–५ जुम्रीकाँडा स्थित सिद्ध माध्यमिक विद्यालयले भदौ देखि अतिरिक्त कक्षा सञ्चालनको तयारी गरेको जनाएको छ । २०८० को एसइईमा उत्तीर्ण विद्यार्थीको सङ्ख्या शून्य थियो । विद्यालयले सेक्सन विभाजन, शिक्षक समीक्षा, अतिरिक्त कक्षा, अभिभावक छलफल, विद्यालय व्यवस्थापन समिति सङ्ग बसेर कार्य योजना निर्माण लगायतका कामहरू भएको विद्यालयका प्रधानाध्यापक नर बहादुर घर्तिमगरले बताए । ‘शून्य नतिजालाई गम्भीर रूपमा लिँदै समीक्षा ग¥यौँ ’ प्रधानाध्यापक घर्तिमगरले भने, ‘ विद्यार्थीको मनोभावना अनुसारको शिक्षा, धेरै विद्यार्थी हुँदा पठनपाठनमा पारेको प्रभावका कारण नतिजा बिग्रेको निष्कर्ष निकाल्दै सुधारको थालनी गरेका छौँ ।’

घर्तिमगरका अनुसार विद्यालयले ३८ जना विद्यार्थीमा २० जना र १८ जनामा विभाजन गरी पठनपाठन गराउने प्रबन्ध मिलाएको छ । प्युठान नगरपालिकामा शून्य नतिजा भएको विद्यालय सिद्ध माध्यमिक विद्यालय मात्रै हो । ऐरावती गाउँपालिका–२ स्थित मोती माध्यमिक विद्यालयले जेठ देखिनै अङ्ग्रेजी, गणित र विज्ञानको अतिरिक्त कक्षा सञ्चालन गरेको छ । विद्यालयको शैक्षिक सुधारका लागि १० मात्र नभई ८ र ९ कक्षामा समेत अतिरिक्त कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक तिलकराम पाण्डेले जानकारी दिए । पाण्डेले गाउँपालिका सङ्ग गाउँपालिकाका प्रधानाध्यापक बसेर कार्य योजना निर्माणको तयारी भइरहेको समेत जनाए । ‘शैक्षिक सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेका छौँ ’ प्रधानाध्यापक पाण्डेले भने,‘त्यो सङ्गै एसइई परीक्षाको तिन महिना अघिदेखि आवासीय शिक्षा, शिक्षकहरूलाई क्रियाकलापमा आधारित शिक्षाका लागि तालिमको व्यवस्था गर्ने योजना निर्माण भएको छ ।’ शिक्षाको पठनपाठन शैली सुधार नगरी नतिजा उत्कृष्ट हासिल गर्न नसकिने निष्कर्ष सहित शिक्षकलाई क्षमता अभिबुद्धिको तालिमको योजना बनिसकेको उनको भनाइ छ ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) ० विद्यालय मध्ये  १ विद्यालयको नतिजा शून्य छ । ३ हजार ७ सय ३५ जनाले परीक्षा दिएकोमा १२ प्रतिशत ४ सय ४४ विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । नतिजा कमजोर आएकाले यस वर्ष नतिजामा सुधारका लागि शिक्षक, विद्यार्थी,अभिभावक र अन्य सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख दुर्गा खड्काले बताए । जिल्ला स्तरीय छलफलबाट नतिजा खराब हुनुमा परीक्षा प्रणाली परिवर्तन, कोभिड–१९ का कारण शिक्षामा पारेको प्रभावको असर देखिनु, शैक्षिक क्षेत्र अनुगमनको पाटो कमजोर हुनु, राजनीतिक दल, विद्यार्थी, अभिभावक बिच विद्यालयले छलफल नगर्नु, पेसागत क्षमता अभिवृद्धि गर्नु पर्ने लगायतका निष्कर्ष निकालेको खड्काले जानकारी दिए ।

गत शैक्षिक सत्रमा जिल्लाका १८ विद्यालयको शून्य भएको थियो । जसमा प्युठान नगरपालिकामा सिद्ध माध्यमिक विद्यालय, सरुमारानी गाउँपालिकामा खड्केश्वरी माध्यमिक विद्यालय, नौबहिनी गाउँपालिकामा लुप्लुङ माध्यमिक विद्यालय , अन्धनाशक माध्यमिक विद्यालय, गाबै माध्यमिक विद्यालय, बराह माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय र शिव माध्यमिक विद्यालय रहेका छन् ।

ऐरावती गाउँपालिकामा जनता माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, दाङ्बाङ माध्यमिक विद्यालय, मोती माध्यमिक विद्यालय, धर्मोदय माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय, स्वर्गद्वारी नगरपालिकामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाल संस्कृत माध्यमिक विद्यालय, माण्डवी गाउँपालिकामा गणेश माध्यमिक विद्यालय, सुन्नानी आधार माध्यमिक विद्यालयको नतिजा शून्य छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...