News Portal

रेडियो सुन्नुहोस्

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यअवधि १५ दिन थपियो

झुलेनी नेटवर्क२०८१ भदौ १९
५४७ पटक
२०८१ भदौ १९

सहकारी संस्था बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको कार्यअवधि १५ दिन थप भएको छ ।

प्रतिनिधि सभाले गठन गरेको समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा राखेको प्रस्ताव पास भएसङ्गै समितिको कार्यअवधि थप भएको हो ।

हुन्न भन्ने आवाज नसुनिएपछि सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव सर्वसम्मतिले पास भएको घोषणा गरेका थिए ।

रास्वपा सभापतिसमेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत दुरूपयोगमा जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेअनुसार समिति बनेको थियो।

प्रतिनिधि सभाले नेकपा (एमाले) का सांसद थापाको सभापतित्वमा उक्त समिति गठन गरेको थियो। समितिलाई तीन महिने कार्यअवधि तोकिएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...