News Portal

रेडियो सुन्नुहोस्

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

माण्डवी गाउँपालिका पूर्ण संस्थागत सुत्केरी हुने एकमात्र पालिका

बोम बहादुर परियार२०८१ भदौ २१
४८० पटक
२०८१ भदौ २१

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको छ । ९ वटा वडा रहेको स्वर्गद्वारी नगरपालिकाको एउटा वडामा मात्र पूर्ण संस्थागत सुत्केरी भएको हो । उक्त पालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ११.६२ प्रतिशत गर्भवती महिलाले घरमै बच्चा जन्माएका छन् । ३ सय २७ गर्भवती महिलामध्ये २ सय ८९ जना स्वास्थ्य संस्थामा र ३८ जना घरमा सुत्केरी भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले बताए । स्वर्गद्वारीमा अघिल्लो आर्थिक वर्षमा ५ जना मात्रै घरमा सुत्केरी भएका थिए ।

९ वटा स्थानीय तहमध्ये माण्डवी गाउँपालिका मात्र पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषण भएको छ । जिल्लाका ६४ मध्य २७ वटा वडामा मात्र जिरो होम डेलिभरी भएको छ । जिल्लाका ८ वटा स्थानीय तहमा अघिल्लो वर्षको तुलनामा स्वास्थ्य संस्था बाहिर हुने सुत्केरीको सङ्ख्या घट्दा स्वर्गद्वारीमा मात्र बढेको छ ।

स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार २०७९/८० मा प्यूठान जिल्लाभर ३ हजार ८ सय ९२ जना महिला संस्थागत सुत्केरी भएका छन् । १ सय ८२ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएको कार्यालयले जनाएको छ । २०८०/८१ को तथ्याङ्क अनुसार जिल्लाभरबाट ३ हजार २ सय ८७ जना स्वास्थ्य संस्था सुत्केरी भए भने १ सय ११ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका छन् । ९ वटा स्थानीय तहमध्ये माण्डवी गाउँपालिका मात्र पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषण भएको छ । जिल्लाका ६४ मध्य २७ वटा वडामा मात्र जिरो होम डेलिभरी भएको छ । जिल्लाका ८ वटा स्थानीय तहमा अघिल्लो वर्षको तुलनामा स्वास्थ्य संस्था बाहिर हुने सुत्केरीको सङ्ख्या घट्दा स्वर्गद्वारीमा मात्र बढेको छ ।

नौवहिनी गाउँपालिकामा ९ प्रतिशत र सरुमारानी गाउँपालिकामा ६.०४ प्रतिशत गर्भवती महिला स्वास्थ्य संस्था बाहिरै सुत्केरी भएका छन् । नौवहिनी गाउँपालिकाकी अनमी निरीक्षक यशोदा वैद्यका अनुसार ३ सय ८४ जना गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । ३८ जना महिला स्वास्थ्य संस्था बाहिरै सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा ९९ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका थिए । ८ वटा वडा रहेको नौवहिनी गाउँपालिकामा ७ र ८ नम्बर वडामा जिरो होम डेलिभरी भएको वैद्यले बताइन ।

सोही आर्थिक वर्षमै सरुमारानीमा १ सय ७१ जना गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् भने ११ जना  महिला घरमा सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए । आर्थिक वर्ष २०७९/०८० मा १८ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका थिए । उनका अनुसार ६ वडा रहेको सरुमारानीमा ४ र ६ नम्बर वडा बाहेक अन्य वडाहरूमा पूर्ण संस्थागत सुत्केरी भएको छ ।

१ सय १९ जना गर्भवती महिला रहेको मल्लरानी गाउँपालिकामा ४ जना महिला स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका छन् । या कुल गर्भवती सङ्ख्याको ३.३६ प्रतिशत हो । आर्थिक वर्ष २०७९/०८० मा ७ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका थिए । ५ वटा वडा रहेको मल्लरानीमा ३ र ४ नम्बर वडामा मात्र पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पारस शाहिले बताए ।

त्यस्तै १ सय ७ जना गर्भवती महिला रहेकोमा झिमरुक गाउँपालिकामा १.८६ प्रतिशत (२ जना) महिला स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा ७ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका थिए । ८ वटा वडा रहेको झिमरुक गाउँपालिकामा ३,४ र ८ नम्बर वडा बाहेक बाँकी वडामा पूर्ण संस्थागत सुत्केरी भएको पालिकाको स्वास्थ्य शाखा प्रमुख विकास केसीले बताए ।

ऐरावती गाउँपालिकाका १ सय ५९ जना गर्भवती महिलामध्ये १.२५ अर्थात् २ जना मात्र स्वास्थ्य  संस्थाबाहिर सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १२ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका थिए । ६ वटा वडा रहेको पालिकामा १ नम्बर वडामा मात्र पूर्ण संस्थागत सुत्केरी हुन नसकेको स्वास्थ्य शाखामा कार्यरत सेरसिङ थापा मगरले बताए ।

त्यस्तै गौमुखी गाउँपालिकामा ३ सय २५ जना गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी हुँदा ४ जना (१.२१ प्रतिशत) महिला स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १० जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका थिए । ७ वटा वडा रहेको उक्त पालिकामा १, २ र ६ नम्बर वडा बाहेक अन्य वडाहरूमा पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत केशव बहादुर खत्रीले बताए ।

प्युठान नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थामा १ हजार ५ सय ९९ जना महिला सुत्केरी भएका छन् । १२ जना (०.७४ प्रतिशत) महिला घरमै सुत्केरी भएको स्वास्थ्य शाखामा कार्यरत अनमी बसन्ता अधिकारीले बताइन । आर्थिक वर्ष २०७९/०८० मा २२ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका थिए । उनका अनुसार १० वटा वडा रहेको प्यूठान नगरपालिकामा  १, ६, ७ र ९ नम्बर वडामा मात्र पूर्ण संस्थागत सुत्केरी रहेको छ । प्यूठान अस्पताल प्यूठान नगरपालिकाभित्रै रहेकाले नगरपालिकाभित्र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या धेरै देखिएको हो ।

सचेतनाले सहज

जिल्लाको मल्लरानी गाउँपालिका  ३ मुन्डाडाकी  बालिका खत्रीले गत साउन ३ गते आफ्नै वडामा रहेको वर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माइन । गर्भवती  अवस्थामा ४ पटकसम्म स्वास्थ्य जाँच गराएकी उनले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सुरक्षित महसुस हुने बताइन् ।

स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसूदन खड्काका अनुसार भौगोलिक विकटता,यातायातको असुविधा र गर्भवती तथा परिवारको चेतनाको अभावले गर्दा अझै पनि पूर्ण संस्थागत सुत्केरी गराउने कुरामा चुनौती देखिएको बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...