News Portal

रेडियो सुन्नुहोस्

गौमुखी क्षेत्रमा अल्लो सङ्कलन कार्यलाई व्यवस्थित गरिने

झुलेनी नेटवर्क२०८१ भदौ २५
९२२ पटक
२०८१ भदौ २५

गौमुखी गाउँपालिकाले अल्लो सङ्कलन गर्ने कार्यलाई हालका लागि रोक लगाएको छ ।

गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पालिका भित्र आर्थिक आयआर्जन गर्ने उद्देश्यका साथ अल्लो प्रवर्द्धन कार्यक्रम गर्ने भएकाले अल्लो सङ्कलनमा रोक लगाएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।

गाउँपालिका क्षेत्र भित्र पाइने अल्लोको बिउ उचित मूल्यमा सङ्कलन गरी यसलाई थप विस्तार गर्ने योजना अनुसार हाललाई अल्लो सङ्कलनमा रोक लगाएको गिरीले जानकारी गराए । पालिकाले सूचना जारी नगर्दा सम्म अल्लो सङ्कलन नगर्न स्थानीय लाई आग्रह गरेको छ ।

सार्वजनिक स्थल,सामुदायिक,कबुलियती वन,  निजी क्षेत्रमा उत्पादन हुने अल्लो ननिकाल्न भनेको छ । अल्लो पूर्णरुपमा नफूल्दासम्मको अवधिमा निकाल्दा यसको बिउ नोक्सान हुने पालिकाको भनाइ छ । अल्लो धागो सङ्कलन अव्यवस्थित तरीकाले गर्दा भनेजती फाइदा नहुने भएकाले स्थानीयलाई तालिम दिएर मात्र  सङ्कलन गरिने पालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...