News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका पत्रकारद्वारा सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रजिअको ध्यानाकर्षण

भुवन बिश्वकर्मा२०८१ असोज ४
६५१ पटक
२०८१ असोज ४

प्युठानका पत्रकारहरूले जिल्लाका सरकारी कार्यालयको नियमित सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

प्यूठान जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएकी रमा आचार्य सुवेदीको आमन्त्रणमा शुक्रवार आयोजित भेटघाटमा पत्रकारहरूले उनलाई स्वागत गर्दै जिल्लाका सरकारी कार्यालयहरूले नियमित रूपमा गर्नुपर्ने सूचना प्रवाह नगरेको र सूचनाको हकको कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

अर्को फरक प्रसङ्गमा कुरा राख्दै पत्रकारहरुले पछिल्लो समय सरकारी कार्यालयले गर्ने कार्यक्रम र गतिविधिमा सञ्चारमाध्यमहरू बेखवर बन्ने स्थिति सिर्जना भएकोतर्फ ध्यानाकर्षण गराउँदै समाचार सङ्कलन र सूचना प्रवाहका लागि जिल्लाका सबै सञ्चारमाध्यम र सञ्चारकर्मीसँग समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घले संस्थागत प्रतिनिधित्व गर्ने अभ्यास रहेको तर, सूचना प्रवाह एवं समाचार सङ्कलनका लागि सम्बन्धित कार्यालयले सञ्चारमाध्यम वा सञ्चारकर्मीलाई नै समन्वय गर्दा प्रभावकारी हुने नेपाल पत्रकार महासङ्घका अध्यक्ष सञ्जय रिजालले बताए ।

भेटघाटलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जिल्लामा प्रभावकारी कार्यसम्पादनका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै पत्रकारबाट आएका सुझावलाई आफूले टिपोट गरेको र कार्यान्वयनको निम्ति अगाडि बढाउने बताइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...