News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा २ घर र प्रहरी ड्युटी बस्ने पोष्ट भत्कियो

शशिधर भण्डारी२०८१ असोज १२
३६ पटक
२०८१ असोज १२

प्युठानमा पानी चुहिएर २ घर भत्किएका छन् । गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक घर भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बिहीबारदेखि निरन्तर आएको वर्षाका कारण पानी चुहिएर दुई घरहरू भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए । उनका अनुसार गौमुखी गाउँपालिका–३ कोरबाङका विष्णु सेन र स्वर्गद्वारी नगरपालिका–३ धापधाराका तेज बहादुर नेपालीको कच्ची घरमा पानी चुहिएर भत्किएको हो ।

पीडितहरूलाई उद्धार गरी आफन्तको घरमा राखिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय भिंग्रीको प्रहरी ड्युटी बस्ने पोष्ट, पर्खाल र भरिएका हतियारहरू खाली गर्ने ठाउँ समेत भत्किएको छ ।

वर्षाका कारण पहिरो जाने, लेदो झर्ने हुँदा प्युठानका अधिकांश सडक अवरुद्ध रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

जिल्ला प्रहरी कार्यालय प्यूठानमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय प्यूठानले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । प्यूठान जिल्लामा आएका प्रहरी...

दम्तीको सवस्टेशन सञ्चालनको तयारी 

८ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्युठानको दम्ती सवस्टेशनको कामले तीन महिनाभित्र पूर्णता पाउने विद्युत् प्राधिकरण...

अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न

नेकपा एमाले निकट अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम नगर सम्मेलन बिजुवारमा सम्पन्न भएको छ ।...

आज घटस्थापना, दशैं सुरु

पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।...

अवरुद्ध राजमार्ग खुलाउन अध्ययन टोली खटियो

दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न...