News Portal

रेडियो सुन्नुहोस्

प्युठानका क्रियाशील पत्रकारनै छैनन् महासङ्घको सदस्य

३ महिना देखि  कार्यालयमा लागेको ताला खुलेन

बोम बहादुर परियार२०८१ असोज १४
७३७ पटक
२०८१ असोज १४

प्यूठान जिल्लाका विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरू नेपाल पत्रकार महासङ्घको साधारण सदस्य छैनन् । पत्रकार महासङ्घले क्रियाशील पत्रकारलाई सदस्यता नदिनु दुःखद पक्ष भएको जिल्लाका अग्रज पत्रकारहरूको भनाइ छ । यसले गर्दा पत्रकारहरूको पेसागत मुद्दा उजागर गर्ने नेतृत्वदायी संस्थाको गरिमा गुम्दै गएको छ । सदस्यता शुद्धीकरण अभियानमा महासङ्घले दलीय कार्यकर्ता भर्ना गर्ने प्रवृत्ति देखिएको प्रेस चौतारी प्युठानका अध्यक्ष वासुदेव गिरीले बताए ।

लामो समयदेखि पत्रकारितामा क्रियाशील रेडियो महिला आवाजकी स्टेसन म्यानेजर सुशीला बुढा मगर, यसअघि रेडियो माण्डवी, रेडियो रुकुमपूर्वमा काम गरेका र हाल रेडियो झुलेनीमा कार्यरत बिर बहादुर घर्ती (बिबश जि.एम.), रेडियो स्वर्गभूमिमा कार्यरत सन्तोष सुनार, रेडियो माण्डवीमा कार्यरत प्रमोद ओली, रेडियो स्वर्गभूमिमा कार्यरत बबिता रिजाल, स्वर्गद्वारी अपडेटमा कार्यरत लवकुमार अधिकारी, नेपाल सरकारको राष्ट्रिय समाचार समितिका प्यूठान संवाददाता केशर सुनार, रेडियो झुलेनीमा कार्यरत भुवन सुनार, रामप्रसाद सुवेदी लगायत विभिन्न मिडियाका क्रियाशील पत्रकारहरू महासङ्घको सदस्य छैनन् ।

पत्रकार महासङ्घ प्युठानका अध्यक्ष सञ्जय रिजाल अध्यक्ष रहेको रेडियो माण्डवीमै ४ वर्षदेखि कार्यरत प्रमोद वलीले सदस्यता नपाएको गुनासो गरेका छन् । ७ वर्षदेखि पत्रकारिता गर्दै आएका हाल रेडियो झुलेनीमा कार्यरत बिबस जिएम ले २ पटक सदस्यताको लागि निवेदन दिए पनि  नपाएको गुनासो गरे । त्यस्तै ५ वर्षदेखि क्रियाशील हाल रेडियो महिला आवाजकी स्टेसन म्यानेजर रहेकी सुशीला बुढामगरले सदस्यता नपाएकोमा गुनासो गरिन ।

महासङ्घले समानुपातिक तवरले सदस्यता नदिएको र पाउनुपर्ने पत्रकारले सदस्यता नपाएको कारण महासङ्घमा ताला लगाइएको र ताला खोल्न जिल्ला शाखाले कुनै चासो नदेखाएको नेपाल प्रेस युनियन प्युठानका अध्यक्ष मधुसूदन भण्डारीले बताए ।

अरूलाई विधि र पद्धति सिकाउने पत्रकार महासङ्घले नै विधि र पद्धति नमानेपछि समस्या देखिएको प्रेस सेन्टर नेपाल प्युठानका संयोजक टिकाराम पोख्रेलले बताए । सदस्यताको विषयमा महासङ्घ प्युठानले उस्तै प्रकृतिका राख्ने र उस्तै प्रकृतिका फाल्ने राजनीतिक राजनीतिक पूर्वाग्रह राखेको उनको बुझाई छ । प्युठानमा पत्रकारको कार्यालयमा लगाएको ताल्चा नखुलाउँदा सिङ्गो महासङ्घ नै कमजोर बनेको पत्रकार महासङ्घ प्युठानमा पूर्व अध्यक्षहरू बताउँछन् ।

सुर्खेत मापदण्डले गैरपत्रकारहरुलाई हटाउने र क्रियाशील पत्रकारलाई सदस्यता दिने उद्देश्यका लागि मापदण्ड बनाए पनि महासङ्घको प्यूठान शाखाले पुराना सदस्यको नवीकरणका लागि गरेको सिफारिस विवादित बनेको थियो । कार्यकालभर एक जना पनि नयाँ पत्रकारले सदस्यता पाएका छैनन् । नेपाल पत्रकार महासङ्घमा कतिपय गलत नियत बोकेका मान्छेहरू प्रवेश गरेकाले सदस्यता शुद्धीकरण अभियान कार्यान्वयनमा समस्या देखिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं प्यूठान शाखाका पूर्व अध्यक्ष सुशील पोखरेलले बताए । पत्रकार महासङ्घ प्युठानका पूर्व उपाध्यक्ष मेघराज भट्टले पत्रकार महासङ्घ नियमन हुन नसकेको बताएका छन् । नियमन गर्ने निकाय नै कमजोर बनेपछि सामाजिक अभियान कमजोर बनेको उनको बुझाई छ ।

कार्यालयमा  लागेको ताला ३ महिनादेखि खुलेन,परिसर झाडीले ढाक्यो

सदस्यता विवादकै कारण ३ महिनाअघि कार्यसमितिकै कोषाध्यक्ष सहितले लगाएको ताला अझै खुलेको छैन । प्रेस युनियनको केन्द्रीय कार्यक्रम रहेको समयमै आफ्नै कार्यालयमा तालावन्दि गर्न प्यूठान शाखाका कोषाध्यक्ष प्रज्वल पहाडीले अगुवाइ गरेका थिए । गत असार १५ गतेदेखि महासङ्घको खलङ्गास्थित कार्यालय र विजुवारस्थित सूचना केन्द्रमा ताला लगाइएको छ ।

केन्द्रमा बनेको कार्यदलले पहाडीसहित जिल्लाले सिफारिस गरेका केही सदस्यको नाम हटाएको थियो । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको एक परियोजनामा कार्यरत पहाडीले आफ्नै सदस्यता जाने भएपछि आफू कोषाध्यक्ष रहेको शाखामा तालाबन्दी गरेका थिए । ३ महिनादेखि तालाबन्दी गरिएको महासङ्घको जिल्ला शाखामा ताला खोल्न कुनै चासो दिइएको छैन भने, महासङ्घको कार्यालय र सूचना केन्द्र झाडीले ढाकेको छ ।

आफ्नै कार्यसमितिका पदाधिकारी समेतले लगाएको तालाबन्दीको विषयमा प्रश्न गर्दा महासङ्घ जिल्ला शाखाका अध्यक्ष सञ्जय रिजालले राजनीतिक दलका भातृ सङ्गठनले तालावन्दि गरेको भन्दै आवश्यक समन्वय गरेर महासङ्घको कार्यालयमा लागेको ताला खोल्ने जिम्मेवारीबाट पन्छिए । कार्यालयमा नेपाल प्रेस युनियन र प्रगतिशील पत्रकार सङ्घले तालावन्दि गरेका हुन । अध्यक्ष रिजाल प्रेस युनियनबाट उम्मेद्वार बनेर महासङ्घको अध्यक्ष बनेका हुन्, भने प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष पहाडी महासङ्घको जिल्ला शाखाकै कोषाध्यक्ष छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...