News Portal

रेडियो सुन्नुहोस्

५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश

झुलेनी नेटवर्क२०८१ असोज १६
६५० पटक
२०८१ असोज १६

५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले कारण देखाउ आदेश जारी गरेको छ ।

लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले गत श्रावण १३ गते पत्राचार गर्दै ५ लाख भन्दा माथिको योजनालाई प्याकेजिङ गरी अनिवार्य सार्वजनिक प्रतिस्पर्धा गराउन भनेको थियो ।

उक्त निर्णयविरुद्ध कल्याण विक्रम के.सी ले रिट दायर गरेका थिए।

आर्थिक मामिला तथा योजना मन्त्रालयले गत श्रावण १३ गते च.न. १६ मा पत्राचार गर्दै ‘प्रदेश सरकारको स्रोतमा देखा परेको चाँपको कारणले गर्दा आ.व. २०८१/०८२ मा रु.५ लाख वा सोभन्दा बढीको स्वीकृत सबै कार्यक्रमहरू प्याकेजिङ गरी अनिवार्य रूपमा सार्वजनिक प्रतिस्पर्धा गराएर मात्र कार्यक्रम कार्यान्वयन गर्नु गराउनु हुनेछ’ भनेर पत्राचार गरेको थियो ।

अन्तरिम आदेश भने नहुने अदालत श्रोतले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...