News Portal

रेडियो सुन्नुहोस्

दम्तीको सवस्टेशन सञ्चालनको तयारी 

बिबश जिएम२०८१ असोज १८
५३८ पटक
२०८१ असोज १८

८ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्युठानको दम्ती सवस्टेशनको कामले तीन महिनाभित्र पूर्णता पाउने विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।

सवस्टेशन निर्माणकाको क्रममा देखिएको प्राविधिक समस्याको समाधानका लागि पहल भइरहेको र छिटै निर्माण कार्य सम्पन्न हुने नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले बताए ।

८ वर्षदेखि सवस्टेशन नबन्दा जिल्लामा कुनै एक ठाउँमा समस्या हुँदा जिल्लाभरकै विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ । “अहिले त्यो सवस्टेशनको तेजस्वी इन गरेर त्यसलाई आउट गर्ने काम गरिरहेका छौ ।” कार्यालय प्रमुख दासले भने–“त्यसबाट निस्कने लाइनमा समस्या छ, त्यसको लागि हामी गहन छलफलकै क्रममा छौ ।”

सवस्टेशनको लागि बाग्दुला–विजुवार लगायतका स्थानमा जनघनत्व बढी भएका कारण विद्युतको लाइन जोड्न समस्या परेको उनको दासले बताए । दुई देखि तीन महिनाको समयमा दम्तीको सवस्टेशन सञ्चालनमा आउने कार्यालय प्रमुख दासले दाबी गरेका छन् ।

दम्तीको सवस्टेशन नबन्दा मर्मत, बुट्यान काट्ने जस्ता कार्य गर्दा ठुलो क्षेत्रमा विद्युत् अवरुद्ध हुने समस्या छ । पटक÷पटक लाइन जाँदा नागरिकले सास्ती खेपिरहेका छन् । लाईनमा फल्ट भए वा बिग्रिएको समयमा १ देखी २ घण्टासम्म मर्मतका लागि समय लाग्ने तर फल्ट नभएको खण्डमा १०÷१५ मिनेटमा लाइन आउने प्रमुख दासले बताए ।

अनियमित विद्युत् आपूर्तिका कारण अस्पताल, दुग्ध व्यवसाय, विद्युतीय मेसिन चलाउने क्षेत्रमा निरन्तर हैरानी खेप्नुपरेको छ । झ्याप्प झ्याप्प आउने जाने लाइनले अस्पतालमा ल्याब, एक्सरे, अप्रेसन गर्ने मेसिनमा असर पुग्ने गरेको जिल्ला अस्पताल विजुवार प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले बताए । त्यस्तै, अनियमित विद्युतका कारण दूध, दही, बेकरी लगायत सामाग्री बिग्रेर समस्या भएको जुम्रीमा डेरी सञ्चालन गरिरहेका जीवन पौडेलले गुनासो गरे ।  बिजुवार भौकामा कम्प्युटर इन्स्टिच्युट चलाइरहेका मनिष सिं खत्रीले भोल्टेज कम आउँदा कम्प्युटर आफै बन्द हुने र छिट्टै तातिने समस्या खेपिरहेको बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...