News Portal

रेडियो सुन्नुहोस्

सात ईलाकामा एकैदिन विजय फूलबारीको साधारणसभा सम्पन्न

झुलेनी नेटवर्क२०८१ असोज २०
५१२ पटक
२०८१ असोज २०

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभा सम्पन्न भएको छ । सहकारीले शनिबार सात वटा ईलाकामा एकैपटक साधारण सभा सम्पन्न गरेको हो ।

सबै इलाकाबाट भएका निर्णय प्रमाणीकरण गर्न सोमबार केन्द्रीय कार्यालय जुम्रीमा प्रतिनिधिमुलक निर्णय प्रमाणीकरण सभा हुने संस्थाले जनाएको छ ।

पाँच हजार पाँच सय २५ जना शेयर सदस्य रहेको विजय फूलबारी सहकारीको दुई करोड २४ लाख ४७ हजार आठ सय रुपियाँ शेयर पुँजी र बचत रकम २१ करोड १५ लाख ४६ हजार ४०६ रहेको छ ।

कुल सम्पत्ति २६ करोड ६५ लाख ३४ हजार आठ सय ५६ रहेको सहकारीको जगेडा कोष एक करोड ९६ लाख ५० हजार तीन सय ५४ रुपियाँ पुगेको छ ।

२०८०/०८१ मा दुई हजार ७३ जनालाई ऋण प्रवाह गरेको सहकारीले १६ करोड ७७ लाख ७० हजार एक सय ५९ रुपियाँ ऋण लगानी गरेको जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...