News Portal

रेडियो सुन्नुहोस्

विजय फुलबारीको तेश्रो साधारणसभाको निर्णय प्रमाणिकरण सम्पन्न

झुलेनी नेटवर्क२०८१ असोज २२
८३४ पटक
२०८१ असोज २२

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको बिभिन्न ईलाकामा भएको निर्णयको प्रमाणीकरण सभा सम्पन्न भएको छ ।

सोमबार केन्द्रीय कार्यालय जुम्रीमा भएको सभाबाट साधारणसभाको निर्णय प्रमाणीकरण गरिएको हो ।

सात वटा ईलाकामा एकैसाथ भएको साधारणसभाबाट छनौट भएका प्रतिनिधिहरुको संयुक्त सभाले निर्णय प्रमाणिकरण गरेको छ । निर्णय प्रमाणिकरण संगै सहकारीको तेश्रो साधारणसभाको कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको तेस्रो बार्षिक साधारण सभाको निर्णय प्रमाणीकरण सभामा सञ्चालक समितिको तर्फबाट मोहन सुवेदीले प्रगति तथा आगामी प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए भने सञ्चालक खिम बहादुर जि.सी.ले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट पेश गरेका थिए ।

ज्येष्ठ सदस्य राजेन्द्र पौडेलको प्रमुख आथित्यतामा भएको सभाले एकाइगत साधारण सभाबाट पारित संस्थाको नीति कार्यक्रम,आर्थिक प्रतिवेदन,प्रस्तावित बजेट पारितका साथ प्रमाणीकरण गरेको छ । साधारण सभाले संस्थाको रिक्त कोषाध्यक्ष पदमा टोप बहादुर मल्ललाई निर्विरोध निर्वाचित गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...