News Portal

रेडियो सुन्नुहोस्

‘क्लिन चिट’ फ्लप भएपछि रविले ‘प्रतिशोध’ नामको नयाँ नाटक रचेको सूर्य थापाको टिप्पणी

झुलेनी नेटवक२०८१ कार्तिक ३
४२० पटक
२०८१ कार्तिक ३

नेकपा एमालेका सांसद तथा सहकारीको रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष छानविन समितिका तत्कालिन सभापति सूर्य थापाले ‘क्लिन चिट’पछि रास्वपा सभापति रवि लामिछानेको नयाँ नाटक प्रतिशोध सुपरफ्लप हुने टिप्पणी गरेका छन्।

सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको पुष्टि हुँदा पनि प्रतिशोध साँधेर पक्राउ गरेको दाबी गरेपछि उनले यस्तो बताएका हुन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ ‘प्रतिशोध’ सुपरफ्लप हुने बाटो( प्रतिक्षा गरौं।’

सांसद थापाकै नेतृत्वको संसदीय विशेष छानविन समितिले गोरखा मिडियामा सहकारीको पैसा आएपछि खर्च गर्नमा रविको हात रहेको भन्दै कारवाहीका लागि सिफारिस गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...