गत जेठ्मा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिच भएको पार्टी एकताले ढिलै भएपनी तल्लो तह सम्म पुर्णता पाउने क्रम जारी छ । पार्टी एकताले पुर्णता नपाउदा अहिले बिरोधिहरुलाइ मैदान खाली भएजस्तो छ । यो सबै नेता,कार्यकर्ता र जनताको लागि चिन्ताको बिसय बनेको छ । अहिले केन्द्र,प्रदेश र स्थानीय तहमा नेकपाको बहुमत छ । फेरि पनि किन सरकार प्रति जनगुनासो बढ्दै छ ? यसका कारणहरु धेरै भए पनि मुख्य कारण माथी देखि तल सम्म पार्टी सङग्ठ्न बन्न नसक्नु नै हो ।जब एउटा बिचार ,विधि र प्रक्रिया मा चल्ने मजबुत अनि अनुसासित पार्टी बन्दैन तब सम्म समस्याको सहि समाधान हुन सक्दैन ।
अहिले नेपाल मा इतिहास को यो परिबर्तनका लागि महत्त्वपूर्ण र निर्णायक भुमिका खेलेका दुई ठुला कम्युनिस्ट पार्टीहरु बिच एकता भै नेपाल कम्युनिस्ट पार्टी निर्माण हुनु,ताजा जनमत का आधार मा त्यसले झन्डै दुइतिहाइ मत प्राप्त गर्नु र समृद्ध नेपाल र सुखी नेपाली को नारा सहित देशलाई समाजबादि बाटोमा अघि कसरी बढाउन सकिन्छ भन्ने तिर जान खोज्नु आफैमा रास्ट्रिय हिसाबले मात्र होइन अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलन को हिसाबले पनि निकै नया र महत्वपूर्ण परिघटना हो । आज एकातिर नेपाल सहित बिस्वभरिका आम श्रम जिबि जनसमुदाय ले नेपाल को यो ऐतिहासिक परिघटनालाइ निकै आसा र भरोसाको रुपमा हेरिरहेका छन भने परिवर्तन बिरोधी एबम नेपाल लाई सधै अस्थिरता मा राखेर फाइदा लिन पल्केका तत्वहरु हतास मनस्थिति मा देखिन्छन् । यस अर्थमा आज घोषणा भएको तर बन्दै गरेको नेपाल कम्युनिस्ट पार्टी इतिहास को महान अबसर र गम्भीर चुनौतीको बिचमा छ । महान अबसर यस मानेमा छ कि अब नेपाल कम्युनिस्ट पार्टीले स्पस्ट बैज्ञानिक समाजबादी दृस्टिकोण सहित समाजबाद निर्माण को महान र ऐतिहासिक अभियान मार्फत आम नेपाली श्रमजीवी जनसमुदाय को जिबनस्तरमा कायापलट हुने गरि परिबर्तन गर्न सक्छ र देश लाई समृद्धि को दिशामा छलाङ मार्ने गरि हुइकाउन सक्छ जसबाट नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको मुक्ती गर्ने पार्टी हो भन्ने कुरा प्रमाणित हुनेछ र दसकौ सम्म यसलाइ जनता बाट अलग गर्ने तागत कसैसँग हुने छैन । यो भन्दा ठूलो महान अबसर इतिहासमा कहिल्यै प्राप्त भएको थिएन । न त फेरि हुनेछ ।यो ऐतिहासिक अबसरलाइ प्राप्त गर्नु चानचुने कुरा छैन ।यसकालागी गम्भीर चुनौतीहरुको सामना गर्ने हिम्मत हुनै पर्दछ ।
चुनौती आन्तरिक र बाहिय दुबैतिर छ्न ।कुनै पनि बस्तु,समाज या ब्याक्ती को बिकास वा बिनासमा मुख्य तया आन्तरिक कारण नै प्रधान हुन्छ । अथवा नेपाल कम्युनिस्ट पार्टी ले काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा बिरोधि हरुले बाहिर के हल्ला गर्छन् भन्नेमा होइन कम्युनिस्ट पार्टी कस्तो बन्छ भन्नेमा भर पर्छ । यदि लेनिन बादी सङगठनात्मक सिद्धान्त मा आधारित ,एकताबद्ध ,पुर्वाग्रह रहित,गुटबन्दी रहित जनबाद र केन्द्रीयताको उचित र बैज्ञानिक अभ्यास भएको,सामुहिक स्वार्थ केन्द्रित ,निश्चित विधि,प्रक्रिया र पद्धति को आधार मा संचालित ,ब्यक्तिगत पुजिकोलागी मरिहत्ते गर्ने परिपाटिबाट मुक्त ,सामुहिक निर्णय र ब्यक्तिगत जिम्मेवारी को तरिका अपनाउने,छल्फलमा स्वतन्त्रता र कामकारबाही मा एकरुपताको विधि अपनाउने ,हिजो पुर्व पार्टी का सोच भन्दा माथि उठेको लगाएत का अन्य थुप्रै कम्युनिस्ट मुल्यमान्यता सहितको कम्युनिस्ट पार्टी र त्यस्तो पार्टीका जिम्मेवार ब्यक्ति हरुले नेतृत्व गर्ने सरकार बन्न सकेमा मात्र हर चुनौती हरुको सामना गर्न सकिन्छ ।अब त्यस्तो कम्युनिस्ट पार्टी बनाउन र आफू त्यस्तो पार्टी को सदस्य को हैसियत राख्दै जिम्मेवारी पूरा गर्न तत्पर हुने बाताबरणको निर्माण गरिनु पर्दछ । त्यो काम माथिबाट सुरु गरि तल सङगठित जनता सम्म पुराउनु पर्दछ ।
अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्माण प्रक्रिया सङग लाखौं नेताकार्यकर्ता र आम नेपाली श्रमजीवी जनसमुदाय को यहि अपेक्षा छकी पार्टी सहि बनोस । पार्टीले माथी देखि तल सम्म व्यापक बहस छलफल पश्चात बैज्ञानिक र समाजबादी नीति,योजना र कार्यक्रम तय गरोस अनि तिनै तहका सरकारहरुले सिर्जनात्मक ढङ्गले निकै गतिका साथ उक्त निति योजना र कार्यक्रम लाई सानदार रुपमा लागू गरून । अहिले दुइतिहाइ बहुमत को कम्युनिस्ट सरकार ले सरकार संचालन प्रक्रिया को पुरानो मुल्यमान्यता र कार्यसैलिको निरंतरता मा क्रमभङ्ग गर्दै जसरी नया गति पकड्नु पर्ने हो त्यो देखिएको छैन । यत्रो ऐतिहासिक सघर्स त्याग र बलिदान बाट प्राप्त उपलब्धि को जगमा उभिएको यो सरकार सङग जन अपेक्षा धेरै हुनाले अहिले सरकार प्रति जुन आलोचना र जनगुनासो छ । त्यसलाई प्रतिबाद गर्नु भन्दा स्वभाविक रुपमा लिनु उपयुक्त हुन्छ । बरु बुझ्न र बुझाउन पर्ने कुरा के हो भने एकातिर सरकार बन्यो अर्कोतिर सरकार मा सामेल दुई पार्टी का माउ पार्टीहरु भत्किए । केन्द्र मा एउटै पार्टी घोषणा भए पनि तल अझै सम्म जिल्ला को फर्मेसन बनेको छैन ।जसका कारण पार्टी र सरकार भन्नु एउटै कुरा जस्तो हुन गएको छ । पार्टी सरकार को चालक शक्ति हो कम्युनिस्ट पार्टीमा ।हो यहि चालक शक्ती बन्न ढिलाइ भएको कारण सरकार ले सोछे अनुसार गति लिन नसकेको हो भन्ने कुरा बाहिर बुझाउनु पर्यो र भित्र समाजबादी मुलुक निर्माण गर्न लाएक कम्युनिस्ट पार्टी र त्यसको हेड्क्वाटर वरिपरि पिरामिड आकार मा तल जनता सम्म पार्टी सङगठन संजाल निर्माण गरि पार्टी र सरकार को सम्पुर्ण तागत बैज्ञानिक समाजबाद निर्माण को अभियानमा परिचालन गर्ने गरि काम हुनुपर्यो । इतिहास मा अबसरहरु आउछन र जान्छन । आफ्नो आन्तरिक अबस्था मजबुत भएको बखत पनि अबसर गुम्यो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु के होला ? यसर्थ पार्टी भित्र बहस सिद्धान्त बिचार,विधि र प्रक्रिया मा होस,जुँगा को लडाइ मा होइन,सामुहिक स्वार्थमा केन्द्रित होस किनकि समाजवादको सामान्य अर्थ सामुहिकता हो ।अहिले देखापरेका गुट ,आग्रह,असन्तोस,पदलोलुपता,धूपौरे प्रवृत्ति,सङ्किर्णता,अरजकता जस्ता याबत खराब प्रवृत्तिहरुको मुल कारण ब्यक्तिगत स्वार्थ हो । यदि मान्छे ब्यक्तिगत स्वार्थ बाट माथी उठ्छ भने उसलाई कुनै अमुक नेताको फेरो समाउन किन पर्छ र ?अनि नेता जि पनि यदि कुनै निजि स्वार्थ र निजि सम्पत्ति मोहबाट मुक्त हुन्छ भने उसलाइ पार्टी भित्र र बाहिर छुट्टै धुपौरेहरु किन चाहिन्छ र?अनि त गुटबन्दी स्वत समाप्त हुन्छ ।अहिले ब्याप्त भ्रष्टाचार ,अनियमितता ,चाकडी,दलालि जे पनि हुने गरेको छ त्यो सबैको मुल कारण निजि स्वार्थ हो । यस्ता हरेक समस्या बाट मुक्ति पाउन नै हामिलाइ समाजबाद चाहिएको हो । सुकुम्बासी र भुकम्प पिडित जनताको बस्ने बाँस बनाउने भन्दा रास्ट्र प्रमुख र मन्त्री बाँस बनाउने कुरा प्राथमिकतामा पर्यो भने त्यो समाजबाद मुखी हुन सक्दैन । समाजबाद त जनतामुखी हुनुपर्छ गास,बाँस,कपास शिक्षा ,स्वास्थ र रोजगारी जस्ता आधारभुत सवाल मा राज्यले ग्यारेन्टी नगरी समाजबाद बन्न कसरी सक्छ ?निजि सम्पत्तिलाइ प्रस्रय दिएर बिकास हुने त आखिर दलाल तथा नोकरशाही पुजीँवाद न हो । पार्टी र सरकार को शीर्ष तहमा रहेर नेतृत्व गर्ने लिडरहरुको टिम बाटै अब पुरानो निरन्तरतामा क्रम भङ्ग गर्दै एउटा नयाँ छलाङ मा जानू र त्यो बिधि लाई तल सम्म लागू गर्नु नेकपा को लागि अहिलेको आबस्यकता हो । यहि आबस्यकता पुरा गर्ने पार्टी निर्माण होस जन अपेक्षा पनि यहि हो ।