News Portal

रेडियो सुन्नुहोस्

ऐरावती गाउपालिका‐३ काउलेका अग्नीपिडतलाई राहत प्रदान

सागर रिजालप्युठान,१२ पुस ।
११७८ पटक
प्युठान,१२ पुस ।

ऐरावती गाउपालिका‐३ काउलेमा भएको आगलागीका पिडितलाई बुधवार राहत प्रदान गरिएको छ । ऐरावती गाउँपालिका,जिल्ला प्रशासन कार्यालय , नेपाल रेडक्रस सोसाईटी र उद्योग बाणिज्यसंघ प्युठानले राहत वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय प्युठानले आगलागी पीडित प्रत्येक परिवारलाई दैविक उद्धार कोषबाट १०÷१० हजार आर्थिक सहयोग गरेको हो । रेडक्रस र प्युठान उद्योग बाणिज्य संघले आगलागीपीडित प्रत्येक परिवारलाई भाँडाकुँडा सेट, कपडा, कम्वल, त्रिपाल, दाल,चिनी,नुन चामल लगायतका राहत सामाग्री घरमै पुगेर बितरण गरेको छ । ऐरावती गाउँपालिकाले अग्नीपिडीतलाई २५ के.जी चामलका ५ बोरा, प्रत्येक घरपरिवारलाई २÷२ केजी दाल प्रदान गरिएको थियो ।
३ दर्जन वढी सदस्य घरवारविहिन
मंगलवार साझ भएको आगलागीले काउले गाउँको ५ घरधुरीका ३ दर्जन बढी सदस्य घरबार विहिन बनेका छन् । आगलागीबाट घरमा भएको सम्पूर्ण धनमाल जलेर खरानी भए पछि अहिले त्यहाँका पिडितहरु छिमेकीको घरमा बस्न बाध्य भएका भएका हुन् । स्थानिय तिले,रमेश,लाली,लंक र रुम बहादुर सार्किको घरमा आगलागी हुँदा झण्डै बीस लाख बराबरको धनमाल जलेर नष्ट्र भएको प्रहरीले बताएको छ । आगलागीबाट एउटा ब्याउने भैंसी सहित ३ वटा बाख्रा समेत मरेको स्थानियले बताएका छन । थुप्रै पशुचौपाया घाईते छन ।
पिडीतलाई काग्रेसको पनि सहयोग
काउलेका अग्नीपिडतलाई नेपाली काग्रेसका नेता गोबिन्द्रराज पोख्रेलले १÷१ थान कम्बल प्रदान गर्दै ४५ दिनभित्र आगलागी पिडित प्रती घर परिवारलाई २÷२ बण्डल जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
पिडितलाई राहत लगेर प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे,तीन वटै सुरक्षा निकायका प्रमुख, रेडक्रस जिल्ला शाखाका मन्त्री, उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष गएका थिए । राहत बितरण गर्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले स्थानिय सरकारसंग समन्वय गरि पिडित परिवारलाई थप राहत उपलब्ध गराईने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...