News Portal

रेडियो सुन्नुहोस्

फूलसंगै फक्रिएको चेतकलाको खुशी

झुलेनी नेटवर्क२०८१ कार्तिक १७
१६२८ पटक
२०८१ कार्तिक १७

तिहार नजिकिएसंगै बारीमा फूलेकालले चेतकलाको मनमा खुशी ल्याएको छ ।

माण्डवी गाउँपालिकाले पुष्प खेती कार्यक्रम का लागि माण्डवी गाउँपालिका–३ लामाचौरकी ४४ वर्षिय चेतकला के.सी.लाई छनोट गरेपछि यो वर्ष उनले चार रोपनी बारीमा फूलखेती गरेकी छिन् । श्रीमान चार वर्षदेखि भारतमा बेपत्ता छन् । नौ कक्षामा पढ्ने छोरा पढाउन र घरखर्च चलाउन फूलखेतीको आम्दानीले सहज हुने चेतकलाको आशा छ ।

गाउँपालिकाले पुष्प खेती अन्तरगत फुलखेतीलाई वेर्ना र प्राविधिक सहयोग गरेको छ । पालिकाले २ जातका फूलका विरुवा उपलब्ध गराएको थियो । अन्य २ जातका फूल आफै खरिद गरेकी छन् । केसीले १ हजार ६ सय फूलका बिरुवा रोपेको बताइन् ।

“श्रीमान् ४ बर्षअघि भारतको पुनामा नोकरी गर्न गएपछि बेपत्ता हुनुभयो । छोरा १५ वर्षको भयो ९ मा पढ्छ । निकै गाह्रो छ ।”–चेतकलाले भनिन् “गाउँपालिकाले प्लाष्टिकका मालामा रोक लगाएपछि फूल विक्रि होला भन्ने आशा छ ।” ५ क्विन्टल फूल फुलाउने लक्ष्य राखेपनि फूलमा रोग लागेकाले ३ क्विन्टल फूल विक्रि हुन योग्य रहेको उनले बताईन् । उनको फूलबारीमा कर्मा, जयकिसान र स्थानीय जातका थुंगे सयपत्री फूल रहेको र हिजोआज धमाधम बिक्री भैहेको उनले बताइन् ।

प्लाष्टिकका मालाको प्रयोगमा निरुत्साहित गर्न पालिकाले वार्षिक कार्यक्रम अन्तरगत फूलखेति कार्यक्रम छनोट गरेको पालिका अध्यक्ष नमराज अधिकारीले बताए । फूलखेती गरिरहेका किसानको ब्यवसायिक प्रवद्र्धन गर्नका लागि प्लाष्टिकका फुल र मालाको प्रयोगमा रोक लगाईएको पालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...