News Portal

रेडियो सुन्नुहोस्

अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास, स्थानीय खुसी

शशिधर भण्डारी२०८१ मंसिर १
९९ पटक
२०८१ मंसिर १

मदाने गाउँपालिका-१ ठूलाखर्क गुल्मी निवासी ७७ बर्षिय सालिकराम चन्दले अग्लुङ्गफेदी खाेलामा आउने बाढी संग हरेक बर्ष पैठेजाेरी खेल्नुपर्छ । खाेला तर्न धेरै पटक अप्ठ्यारो भोगेका चन्दलाई अब पक्की पुलबाट खाेला तर्ने इच्छा छ। आफ्नो इच्छा पूरा हुने चरणमा पुगेकाेमा उनि खुसी छन् । ‘यहाँ पुल नहुदा धेरै दु:ख भाेगियाे । बर्षामा मान्छे, गाडी सबै छेकिन्थे’ उनले भने- ‘अब पुल बन्न थाल्याे । गाउँकाे समस्या समाधान हाेला भन्ने आशा छ ।’

मदाने-८ निवासी हरिप्रसाद भट्टराईकाे उमेर ७५ बर्ष पुग्याे । गाउँमा विकास भएन भनेर धेरैले बसाइँ सरे । तर, भट्टराईकाे परिवार गाउँमा अडिएकाे छ । विकासका पूर्वाधार विकट बस्तिमा सर्न थालेकाेमा उनी खुसि छन् । ‘याे खाेलाले दु:ख दिन्थ्याे । बर्षामा झनै समस्या हुन्थ्यो । अब त सजिला दिन आउन थाले’ उनले भने-‘राम्रो काम हुन थाल्याे । छिटाे पुल बनाेस ।’

शनिबार पक्की पुलको शिलान्यास भएसंगै अग्लुङफेदी खोला तरेर यात्रा गर्ने चन्द र भट्टराई संगै त्यस क्षेत्रका बासिन्दामा खुसी आएको हो। लुम्बिनी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्तरूपमा अग्लुङ्गफेदी खाेलामा पक्की पुलकाे शिलान्यास गरेका छन्। यो पन्थिको निर्वाचन क्षेत्र पनि हो।

४ कराेड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँ लागतमा सम्पन्न हुने उक्त पुलको सडक पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन थालिएको छ ।
२०८१ मंसिर ८ गते निर्माण सम्पन्न गर्नेगरी एम/एस.कमल-अर्जुन-सिटी-जेभी रेसुंगा गुल्मीले काम थालेको छ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री ढकालले तोकिएकै समयमा कार्य सम्पन्न गर्न निर्देशन दिए। ‘सन्तुलित विकासकाे अवधारणा अनुसार प्रदेश सरकारले पूर्वाधार निर्माणकाे कामलाई प्राथमिकता राखेकाे छ । सञ्चालन गरेका सबै याेजनाकाे गुणस्तर कायम गर्ने प्रतिबद्धता प्रदेश सरकारले गरेकाे छ।’ ढकालले भने- ‘सरकारले निर्माण अघि बढेका आयाेजनाकाे भुक्तानीलाई सरल र चुस्त बनाउछ । समयमा आयाेजना सम्पन्न गर्ने र भुक्तानी गर्ने काममा हामी प्रतिबद्ध छाैं ।’ सरकारले देखिने र महशुस हुनेगरी विकास निर्माणकाे कामहरु अघि बढाएको ढकालले बताए ।

शिलान्याको क्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पन्थीले विकट बस्तीलाई विकासकाे मुल धारमा ल्याउन सरकारले प्राथमिकतामा राखेकाे बताए । ‘गुल्मी जिल्लाका विकट बस्तीमा विकास पुर्‍याउने अभियान चलेकाे छ´मन्त्री पन्थी भने- ‘विकास नहुदा पिछडिनुपर्ने अवस्था थियाे । अब नागरिकलाई विकासकाे अनुभुती हुनेगरी राज्यले सम्बाेधन गर्ने काम अघि बढेकाे छ ।’

मदाने गाउँपालिकाका उपाध्यक्ष शरिता खड्काले निर्धारित समयमा पुल सम्पन्न गर्न स्थानीय तहले समेत सहजीकरण गर्ने बताईन् । ‘पुल उद्घाटन हुदा हामी खुसी छौं । तर, विचमा अलपत्र हुने समस्या छ त्यसाे नहाेस।’ उनले भनिन् । भाैतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले गुणस्तरीय पक्की पुल निर्माण हुने बताए । निर्माण व्यवसायी विजय खनालले भुक्तानि प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडिनै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सचितानन्द चाैधरीकाे अध्यक्षतामा पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको थियाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न ठाउँमा माघी मेलाको रौनक

प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम...

नौवहिनीमा जन्मिएका खेलाडीलाई पालिकाद्वारा सम्मान

नौवहिनी गाउँपालिकाभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका खेलाडीलाई नौवहिनी गाउँपालिकाले सम्मान गरेको छ...

कार्यविभाजन टुंग्याउन माओवादी पदाधिकारी बैठक बोलाइयो

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक...

आजदेखि स्वस्थानी व्रत सुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट...

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप सम्पन्न

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ...