News Portal

रेडियो सुन्नुहोस्

चकचकेकाे मेलासँगै प्यूठानमा तिहारपछि लाग्ने मुख्य मेला सकिए

झुलेनी नेटवर्क२०८१ मंसिर २
५७५ पटक
२०८१ मंसिर २

माण्डवी गाउँपालिका–५ चकचकेमा मेला सकिएसंगै जिल्लामा तिहारपछि लाग्ने मुख्य मेलाहरु सकिएका छन् ।

आइतबार चकचके स्थित माडी नदि किनारमा मेला सम्पन्न भएको हो । मेलामा प्यूठान नगरपालिका–१ खैराको सरायँ नाँच प्रदर्शन गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार सरायँ संगै माण्डवी गाउँपालिका –२ खरिवाङ, पुकरुक र माण्डवी गाउँपालिका–५ चकचकेको सोरठीभैलो समेत प्रदर्शन गरिएको छ ।

चकचकेमा पूर्णिमाको दुई दिन पछि अर्थात कार्तिक शुक्ल द्धितियामा परापूर्व कालदेखि मेला लाग्दै आएको बस्नेतले बताए । साझको समयमा लाग्दै आएको मेला संकटकाल देखि दिउसो गर्न थालिएको छ ।

यो मेला संगै जिल्लामा तिहारयता लाग्ने सराय मेलाहरु सम्पन्न भएका छन् । भाइटिकाको दिन लुप्लुङमा सरायँ लाग्ने गर्दछ । त्यसको भोली पल्ट डल्ले सरायँ क्रमशः चितिखोला, बालमन्दिर तथा ढुङ्गेठाटी, पूर्णिमामा बहाने, रिठ्ठघाट, सारीवाङ र खैरामा सराय मेला लाग्ने गर्दछन् । चकचके सरायँ मेला संगै सराय मेला सकिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...