News Portal

रेडियो सुन्नुहोस्

बृहत बिजुवारलाइ बृहत बनाउन पहल

प्यास मेटाउला बजार क्षेत्रलाई डाम्री खोलाको पानीले ?

शशिधर भण्डारी२०८१ मंसिर ५
२८४ पटक
२०८१ मंसिर ५

प्यूठान उपत्यकाको बजार क्षेत्रलाई खानेपानीको प्यास मेटाउने उद्देश्यले करोडौँ लागतमा निर्माण गरिएको बृहत् बिजुवार खानेपानी आयोजनाले स्थानीयको प्यास मेटाउन सकेको छैन ।  एसियाली विकास बैङ्क, नेपाल सरकार साना शहरी खानेपानी आयोजना र स्थानीय उपभोक्ताको ८ करोड भन्दा बढीको लागतमा आयोजना २०५८ मा बनेको थियो । ठुलो लगानीमा निर्माण गरिएको योजना धारामा धमिलो पानी आउने, यन्त्र उपकरणहरू मर्मत सम्भारमा समस्या, चर्को विद्युत् महसुल लगायतका समस्या झेल्दै आएको छ ।

२०५८ सालमा वृहत् खानेपानी ले प्यूठान नगरपालिकाको १ क्वाडी, २ चितिखोला, ३ विजयनगर, ४ विजुवार, ७ पुण्यखोला  र ८ बाग्दुला, दम्ती क्षेत्रमा खानेपानी वितरण गर्दै आएको छ । खानेपानीका कार्यालय प्रमुख शरद सुवेदीले सो क्षेत्रका १ हजार ९ सय ८४ घरधुरीले उपयोग गर्दै आएको जानकारी दिए । सुरुवातीमा एक हजार ४ सय घरधुरी लक्षित गरेर नौबहिनी गाउँपालिकाको बल्लेखोलाबाट पानी ल्याइ प्यूठानको मुख्य व्यापारिक केन्द्र बासीहरूको प्यास मेटाउने अवधारणमा सुरु गरिएको वृहत् योजना बजेट अभाव हुँदा लिफ्ट खानेपानी बनाएर पूर्ति गरिएको थियो । गेजवाङमा २ वटा, बाग्दुला , टिकुरी, भौका र दाखाक्वाडीमा एक एक वटा गरी ६ वटा सम्वायल (मोटर ट्याङ्की) बाट लिफ्ट मार्फत पानी तानी वितरण गरिएको भए पनि मोटरहरूको समस्या, पर्याप्त पानीको मात्रा नहुने, धमिलो पानी घरमा पुग्ने, इनार सुक्ने लगायतका समस्याहरूले वृहतलाई सताएको बताए । उनका अनुसार बर्खा याममा दैनिक ८ लाख लिटरसम्म वितरण गर्ने भए पनि गर्मी महिनामा ५ लाख ५० हजार लिटर मात्रै पूर्ति गर्न सकिन्छ । जसका कारण उपभोक्ताहरूलाई पानी पू¥याउन वृहत्ले सकिरहेको छैन ।

बृहतले वितरण गरेको पानीमा थेग्ला थेग्ली आउने, धमिलो आउने, स्याउली नै आउँदा खान मन नलागेपछि प्यूठान नगरपालिका–२, क्वाडीका डोरप्रसाद गौतम १५ मिनेट लगाएर इन्द्र कुवाको पानी पिउन बाध्य भएको गुनासो गरे । ‘पानीमा देखिएको धमिलोपनाले कुवा कै पानी ठिक हो कि भन्ने लाग्दछ’ गौतमले भने,‘लिफ्टको विकल्प वा पानीको शुद्धीकरण वृहत्ले खोज्नु पर्दछ ।’ ६३ वर्षीय गौतमले २५ वर्षको उमेरसम्म कुवामा गाग्राको पानी बोकेर खाएको स्मरण गर्दै केही समय अड्डापाटा नजिक खोलाटोलबाट मूलको पानी लिएर पिएकोमा पानी पिउने अवस्था अनुसार आफू २५ उमेर हुँदाको दैनिकी दोहोरिएको बताए ।

पछिल्लो समय जिल्लामा शुद्ध खानेपानीको समस्यामा नागरिकले सास्ती खेप्दै आएका छन् । प्रदेश सरकारले सन् २०२५ सम्म एक घर एक धारा नीति लिएको छ । तर प्यूठानको बजार क्षेत्रमा मासिक शुल्क तिरेर शुद्ध खानेपानी खान नपाउनु दुःखद भएको उपभोक्ता खिम बहादुर कार्की दुःखेसो पोखे । पानीमा फोहोर आउने, झ्याउ आउँदा पहिल्यै कपडाले छानेर भोर्नु पर्ने, भरिसकेपछि पहेँलो देखिने समस्या भएको उनले बताए ।

बजार क्षेत्रमा खानेपानीको समस्या हटाउन बृहत् खानेपानी ले पहल गरिरहेको वृहत् बिजुवार साना शहरी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष जानका के.सी.ले जानकारी दिइन् । उनका अनुसार बजार क्षेत्रलाई सहज खानेपानी वितरणका लागि बृहतले नौबहिनी गाउँपालिका–५ डाम्री विजासरे मूल दर्ता गरेको छ । जुन खानेपानीको पहिलो ट्याङ्की देखि ३६ किलोमिटरको दुरी हुन्छ । ‘लिफ्टको विकल्प नखोजे बजार क्षेत्रमा खानेपानीको दिगो व्यवस्थापन गर्न सकिँदैन,’अध्यक्ष केसीले  भनिन्,‘त्यसैले डाम्री खोलाको मुलको लागि पहल थालेका छौ ।’ यसको लागि सबै सरोकारवाला निकायको ध्यान पुग्न आवश्यक रहेको केसीले बताइन् । डिपिआर तयार भई खानेपानी विभागमा पेस गरेकोमा पुनः विचारका लागि सुझाव आइ पुनः संरचनाको काम भइरहेको छ । तयार पारिएको डिपिआरमा त्यसको लागत पूर्वानुमान रु २५ करोड बढीको गरिएको थियो ।   लामो समय देखि इनार सुक्ने, विद्युत् नहुँदा पानी वितरण गर्न नसकिने, विद्युतीय मोटरहरू बिग्रेर हैरानी व्यहोर्दै आएको  छ ।  अशुद्ध पानी आउने लिफ्ट खानेपानीको साटो ग्रावेटी(माथिबाट तल झार्ने) डाम्रीको पानी ल्याइ शुद्ध पानीको हाहाकारबाट जोगाउन बृहत्ले थालेको योजनामा सरोकारवालाले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने उनको भनाइ छ ।

बजार क्षेत्रमा चन्यासिम लिफ्ट टिकुरी, नेवा खानेपानी आयोजना क्वाडी लगायतका न्यून घरहरूलाई वितरण हुने आयोजनाहरू हुन् । बजार क्षेत्रमा रहेका लिफ्ट खानेपानीको विद्युत् महसुलले लागत वृद्धि, मोटरहरूको मर्मतमा समस्या, गर्मियाममा इनार सुक्दा लिफ्ट नचल्ने समस्याले लिफ्टको विकल्पमा ग्रायभिटीको रूपमा डाम्रीको पानीलाई लिइएको छ । डाम्रीको पानी बजार क्षेत्रमा ल्याइ बजार बासीको प्यास कहिले मेटिएला यो सबैको चासोको विषय बनेको छ । सरकारी निकायहरूले आयोजनालाई प्राथमिकता दिई दिगो खानेपानी व्यवस्थापन गर्नु पर्ने स्थानीयहरूको माग छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...