News Portal

रेडियो सुन्नुहोस्

उद्योग दिवस: प्यूठानका ५२ जना प्रशिक्षार्थीलाई राष्ट्रिय सीप प्रमाण-पत्र प्रदान

झुलेनी नेटवर्क२०८१ मङ्सिर ९
६२७ पटक
२०८१ मङ्सिर ९

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उद्योग दिवसको अवसरमा जिल्लाभरका ५२ जना युवाहरुलाई तह १ राट्रिय सीप प्रमाण–पत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का, प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी लगायतले प्रमाण पत्र प्रदान गरेका हुन्।

“उद्यमशील संस्कृती, राष्ट्रको समृद्धि’ भन्ने मूल नाराको साथ दशौं उद्योग दिवसको अबसरमा राष्ट्रिय सीप परिक्षण समिति, सानोठिमी, भक्तपुरबाट तह १ राट्रिय सीप प्रमाण–पत्र प्राप्त गरेका प्रशिक्षार्थीहरुलाई प्रमाण–प्रत्र वितरण गरेको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मनिबहादुर गुरुङले जानकारी दिए ।

दिवसको अवसरमा महेन्द्र माध्यमिक विद्यालयबाट ¥याली सहित जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रम गरिएको थियो । निमित्त कार्यालय प्रमुख गुरुङको अध्यक्षता र जिल्ला समन्वय समितिका उपप्रमुख रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै रेग्मीले सिकेका सीपलाई बाकसमा नथन्काइ व्यवहारमा लागु गरी उद्यमशिल बन्न सुझाव दिईन् । उनले सीप सिकेर विदेशनै जानु पर्दछ भन्ने मानसिकता त्यागेर स्वदेशमै काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा निमित्त कार्यालय प्रमुख गुरुङले तीन महिने प्रगति विवरण पेश गरेका थिए । उनले पछिल्लो तीन महिनामा ३ उद्योग र ६ व्यवसाय दर्ता भएको बताए । प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीले व्युटिसियन, पलम्बिङ, हाउस वायरिङ सीप सिकेका छन् । गुरुङ जिल्लामै व्यवसाय सञ्चालनका लागि अनुरोध गर्दै कार्यालयबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...