News Portal

रेडियो सुन्नुहोस्

गौमुखीको किनाममा होमस्टे सञ्चालन

शशिधर भण्डारी२०८१ मङ्सिर १२
८४३ पटक
२०८१ मङ्सिर १२

प्यूठानको गौमुखी, बाइसमुल झरना र नाङ्गी क्षेत्रमा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गौमुखीमा होमस्टे सञ्चालनमा आएको छ । गौमुखी गाउँपालिका–२ अर्खा किनाममा सामुदायिक होमस्टेको निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

गौमुखी, नाङ्गिलेख, बाईसमुल झरना लगायतका क्षेत्रमा प्रशस्त धार्मिक तथा पर्या पर्यटनको सम्भावना रहेको गौमुखी क्षेत्र स्वर्गद्वारी–गौमुखी पदमार्गसँग पनि जोडिएको छ । ढोरपाटनको नजिक रहेको गौमुखीमा पहिलो पटक होमस्टे सञ्चालनमा आएको होमस्टे सञ्चालक तथा गौमुखी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मित्र थापाले जानकारी दिए । प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत २०७७/०७८ मा सामुदायिक होमस्टे भवन बनाएको थियो । पूर्वाधार अपूर्ण रहेको उक्त भवनका लागि गौमुखी गाउँपालिकाले थप सहयोग गरेपछि यसै सातादेखि होमस्टे सञ्चालनमा आएको थापाले जानकारी दिए ।

सामुदायिक होमस्टे निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले डिभिजन वन कार्यालय मार्फत निर्माण गरेको भवनमा होमस्टे सञ्चालन हुन सकेको थिएन । जीर्ण बन्न थालेको भवनमा सिकाइ केन्द्रले गौमुखी गाउँपालिकाको सहयोगमा होमस्टे सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको बजेटबाट होमस्टे सञ्चालकका लागि तालिम, व्यावसायिक कुखुरा पालनका लागि स्थानीयहरूलाई चल्ला वितरण र होमस्टेमा  आवश्यक सामग्रीहरू खरिद गरिएको थापाले बताए । ‘गौमुखीमा आउने पर्यटकलाई वासस्थानको राम्रो व्यवस्था हुने र गाउँलेको आम्दानी पनि बढ्ने आशा राखेका छौ,’ थापाले भने,‘ गाउँपालिकाको सहयोग निरन्तरता भएर होमस्टे राम्रो सँग सञ्चालन हुने छ ।’ होमस्टे सञ्चालनका लागि सिकाई केन्द्र मार्फत गौमुखी कृषि तथा पर्यटन उद्यमी समूह गठन गरिएको छ ।

भवनमा शौचालय सहितको रुममा ४ जना, साधारण रुममा ६ जना र खुल्ला रुममा १५ जना गरी एक पटकमा २५ जना बस्न सक्ने गौमुखी २ का वडा अध्यक्ष डोरबहादुर रानाले बताए । उद्यमी समूहले पाहुनाको मागका आधारमा सत्कार गरी स्थानीय उत्पादनका परिकार खुवाउन सकिने रानाले बताए ।  स्थानीय उत्पादनको प्रवर्द्धन, कला संस्कृतिको बजारीकरण र महिलाहरूलाई उद्यमी बनाउन होमस्टे महत्त्वपूर्ण हुने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए । ‘गौमुखी आउने पाहुनालाई स्थानीय रहनसहन, संस्कृति अनुसार सत्कारका लागि होमस्टे महत्त्वपूर्ण छ’ गिरीले भने, ‘होमस्टेको प्रवर्द्धन र विस्तारका लागि गाउँपालिका प्रतिबद्ध छ ।’ होमस्टे सञ्चालनमा आएपछि गौमुखी पुग्ने पर्यटकलाई सहज हुने भएको छ । जिल्लामा स्वर्गद्वारी आउने पर्यटकलाई लक्षित गरी यस अघि स्वर्गद्वारी नगरपालिका २ को धनवाङ र ऐरावती गाउँपालिका  १ को सिर्सेनी पनि  होमस्टे सञ्चालनमा छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...