News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै

बोम बहादुर परियार२०८१ मंसिर १७
११८४ पटक
२०८१ मंसिर १७

लोकप्रिय हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन २ प्रसारण हुने भएको छ । जसको मुख्य अभिनय प्यूठानका बेगम नेपाली भट्भटे माइला र प्यूठानकै दिया जिसी ले गर्ने छन ।
एक दर्जन भन्दा बढी कलाकार रहेको सिरियलको प्रोमो सार्वजनिक भएको छ । टेलिसिरियलका निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना अनुसार कलाकारहरुमा केहि परिवर्तन र मेकिङमा पनि थप स्तरिय बनाइ सिजन २ ल्याइएको बताए । उनका अनुसार सोमबार साँझ बाट दोस्रो सिजन प्रसारण हुनेछ । सिरियल एपिवान टेलिभिजनमा ८ बजे र भट्भटे माइला युट्युव च्यानलमा ८ः३० बजे प्रसारण हुने जानकारी गराए ।

एउटै जिल्लाका कलाकार बेगम र दिया सिरियलमा गलफ्रेन र ब्वाए फ्रेन्ड भुमिकामा दर्शकले देख्न पाउने छन । पहिले परिवार सिरियलमा अभिनय गर्दै आएकी दिया जिसीले आफ्नै जिल्लाको निर्देशकले निर्देशन गरेको सिरियलमा सहकार्य गर्न पाउदा खुसी व्यक्त गरेकी छिन ।

लामो समय सम्म मेरी बास्सैमा समेत अभिनय गर्दै आएका भट्भटे माइलाले आफ्नै निर्देशकमा गाह्रो छ हो सिरियल बनाउदै आएका थिए । केहि समय रोकियको सिरियल पुनः सिजन २ मा प्रसारण हुने भए पछि दर्शकहरु खुसी छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...