News Portal

रेडियो सुन्नुहोस्

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया

झुलेनी नेटवर्क२०८१ पौष २३
६१० पटक
२०८१ पौष २३

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा भएको कार्यक्रममा जिल्लास्थित सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सबैले आत्महत्याको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । बढ्दो आत्महत्या दरलाई न्यूनीकरणका लागि मनोरोगका कारणहरूको पहिचान, रोगीहरूको निदान र उपचारमा समयमै ध्यान दिनुपर्ने सरोकारवालाको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालयको तर्फबाट जिल्लामा आत्महत्याको अवस्थाबारे जानकारी गराइएको थियो भने, काठमाण्डौ विश्वविद्यालयका चिकित्सकहरूले मनोरोगको कारण, लक्षण र उपचारबारे उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आत्महत्या न्यूनीकरण कार्यमा सबै पक्ष लाग्नुपर्ने बताए । समुदाय स्तरदेखि नीति निर्माणको तहसम्म साझा प्रयासले यो कार्यमा सफल भइने योगीले बताए । निरन्तर आत्महत्याको दर बढ्ने विकराल समस्या न्यूनीकरणका लागि समाज रूपान्तरण गर्न क्रियाशील सबै क्षेत्रले समाजको नकारात्मक पक्षलाई न्यूनीकरण गर्दै अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

सोही कार्यक्रममा आफ्नो भनाई राख्दै माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले आआफ्नो दायित्वमा सबैले आत्म बोध गरेमा कार्यक्रमहरू सफल बन्ने बताए । यस्ता क्रियाकलापहरूमा यौटा पक्षप्रति मात्र केन्द्रित भएर सम्भव नहुने भन्दै अध्यक्ष अधिकारीले साझा प्रयत्न जरुरी हुने बताए ।

प्रमुख जिल्ला अधिकारी रमा आचार्यले समुदाय स्तरबाटै प्रयास गरेमा आत्महत्या न्यूनीकरण कार्य प्रभावकारी हुने बताइन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रीराम भण्डारीले स्थानीय तहका कार्यक्रमहरूमा सरोकारवाला सबैसँग सहकार्य बढाएमा त्यसको प्रभावकारिता बढ्ने बताए ।

नेपाल सरकार गृह मन्त्रालय र काठमाण्डौ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्रको समझदारी बमोजिम यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्य केन्द्रका चिकित्सकहरू डा. रीका रिजाल र डा.जया शिल्पकारले मानसिक रोगका कारण, निदान र उपचारबारे अवधारणा राखेका थिए ।

प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुरी जि.सी. प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । उपस्थित सहभागीलाई नगरका उपप्रमुख देवेन्द्र ब्रह्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन गोविन्द घिमिरेले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...