News Portal

रेडियो सुन्नुहोस्

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया

झुलेनी नेटवर्क२०८१ पौष २३
३५५ पटक
२०८१ पौष २३

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा भएको कार्यक्रममा जिल्लास्थित सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सबैले आत्महत्याको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । बढ्दो आत्महत्या दरलाई न्यूनीकरणका लागि मनोरोगका कारणहरूको पहिचान, रोगीहरूको निदान र उपचारमा समयमै ध्यान दिनुपर्ने सरोकारवालाको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालयको तर्फबाट जिल्लामा आत्महत्याको अवस्थाबारे जानकारी गराइएको थियो भने, काठमाण्डौ विश्वविद्यालयका चिकित्सकहरूले मनोरोगको कारण, लक्षण र उपचारबारे उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आत्महत्या न्यूनीकरण कार्यमा सबै पक्ष लाग्नुपर्ने बताए । समुदाय स्तरदेखि नीति निर्माणको तहसम्म साझा प्रयासले यो कार्यमा सफल भइने योगीले बताए । निरन्तर आत्महत्याको दर बढ्ने विकराल समस्या न्यूनीकरणका लागि समाज रूपान्तरण गर्न क्रियाशील सबै क्षेत्रले समाजको नकारात्मक पक्षलाई न्यूनीकरण गर्दै अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

सोही कार्यक्रममा आफ्नो भनाई राख्दै माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले आआफ्नो दायित्वमा सबैले आत्म बोध गरेमा कार्यक्रमहरू सफल बन्ने बताए । यस्ता क्रियाकलापहरूमा यौटा पक्षप्रति मात्र केन्द्रित भएर सम्भव नहुने भन्दै अध्यक्ष अधिकारीले साझा प्रयत्न जरुरी हुने बताए ।

प्रमुख जिल्ला अधिकारी रमा आचार्यले समुदाय स्तरबाटै प्रयास गरेमा आत्महत्या न्यूनीकरण कार्य प्रभावकारी हुने बताइन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रीराम भण्डारीले स्थानीय तहका कार्यक्रमहरूमा सरोकारवाला सबैसँग सहकार्य बढाएमा त्यसको प्रभावकारिता बढ्ने बताए ।

नेपाल सरकार गृह मन्त्रालय र काठमाण्डौ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्रको समझदारी बमोजिम यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्य केन्द्रका चिकित्सकहरू डा. रीका रिजाल र डा.जया शिल्पकारले मानसिक रोगका कारण, निदान र उपचारबारे अवधारणा राखेका थिए ।

प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुरी जि.सी. प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । उपस्थित सहभागीलाई नगरका उपप्रमुख देवेन्द्र ब्रह्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन गोविन्द घिमिरेले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...