News Portal

रेडियो सुन्नुहोस्

नागबेली सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न

मधुसूदन पोख्रेल२०८१ पौष २८ गते 
८७९ पटक
२०८१ पौष २८ गते 

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका ३ जुम्रिमा शनिवार  सम्पन्न साधारण सभामा बोल्दै प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले सहकारी क्षेत्रले ग्रामीण जनता र समुदायमा आर्थिक समृद्धि ल्याउन महत्त्वपूर्ण टेवा पुर्‍याएको बताए । कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर प्रवक्ता एवं ३ नं. वडा अध्यक्ष सुमनराज श्रेष्ठले नागबेली सहकारीले सदस्यहरूको आर्थिक अवस्था सुधारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै विभिन्न विधामा सम्मान गरिएको छ । सहकारीका ज्येष्ठ सदस्य बुध खत्री क्षेत्री, मासिक बचतकर्ता  चन्द्र पाण्डे, ऋणी जीवन खनाल नारायण के सी , बाल बचत, जेनिसा पाण्डे, कृषक विष्णा पोख्रेल, व्यवसायी  यंक बहादुर पुन, संस्थापक बाल बहादुर खड्का लाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

संस्थाको हाल सेयर पुँजी १ करोड ५ लाख २६ हजार एक सय रहेको संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताएका छन् । ६ सय ९ जना सदस्य रहेको सहकारीले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेको पाण्डेको भनाई छ । सहकारीका सदस्यको आर्थिक अवस्था माथि उठाउनका लागि उद्यमशीलता सँगै आयमूलक काममा जोडने कार्यक्रम सञ्चालन गरिएको पाण्डेले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...