News Portal

रेडियो सुन्नुहोस्

नागबेली सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न

मधुसूदन पोख्रेल२०८१ पौष २८ गते 
८३६ पटक
२०८१ पौष २८ गते 

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका ३ जुम्रिमा शनिवार  सम्पन्न साधारण सभामा बोल्दै प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले सहकारी क्षेत्रले ग्रामीण जनता र समुदायमा आर्थिक समृद्धि ल्याउन महत्त्वपूर्ण टेवा पुर्‍याएको बताए । कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर प्रवक्ता एवं ३ नं. वडा अध्यक्ष सुमनराज श्रेष्ठले नागबेली सहकारीले सदस्यहरूको आर्थिक अवस्था सुधारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै विभिन्न विधामा सम्मान गरिएको छ । सहकारीका ज्येष्ठ सदस्य बुध खत्री क्षेत्री, मासिक बचतकर्ता  चन्द्र पाण्डे, ऋणी जीवन खनाल नारायण के सी , बाल बचत, जेनिसा पाण्डे, कृषक विष्णा पोख्रेल, व्यवसायी  यंक बहादुर पुन, संस्थापक बाल बहादुर खड्का लाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

संस्थाको हाल सेयर पुँजी १ करोड ५ लाख २६ हजार एक सय रहेको संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताएका छन् । ६ सय ९ जना सदस्य रहेको सहकारीले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेको पाण्डेको भनाई छ । सहकारीका सदस्यको आर्थिक अवस्था माथि उठाउनका लागि उद्यमशीलता सँगै आयमूलक काममा जोडने कार्यक्रम सञ्चालन गरिएको पाण्डेले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...