News Portal

रेडियो सुन्नुहोस्

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २८
१०३१ पटक
२०८१ पौष २८

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा प्यूठानको अधिवेशन सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नवीन प्रकाश श्रेष्ठको नेतृत्वमा सर्व सहमत नयाँ कार्यसमिति चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्ष शिवबहादुर पुलामी, महिला उपाध्यक्ष रेखा बसेल, सचिव बसन्त शर्मा र कोषाध्यक्ष नर्मदा भट्ट निर्वाचित भएका छन् ।

अधिवेशनमा महासङ्घका केन्द्रीय सदस्यहरू नेगनसिँह कुवर र चित्रकली बुढाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवरले संस्थाले व्यवसायीको साझा हितका निम्ति काम गर्दै आएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...