News Portal

रेडियो सुन्नुहोस्

मुख्यमन्त्रीसँग विद्यार्थीको माग – ‘विद्यालय पुग्ने सडक बनिदिनु पर्‍यो’

झुलेनी नेटवर्क२०८१ माघ २२
५५९ पटक
२०८१ माघ २२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग रोल्पाको कोटगाउँका विद्यार्थीले विद्यालय पुग्ने बाटो बनाइदिन माग गरेका छन् ।

मङ्गलवार मुख्यमन्त्रीलाई भेटेर नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफूहरूको विद्यालयमा पुग्ने करिब २ सय मिटर सडक पक्की गरिदिन माग गरेका हुन् ।

मुख्यमन्त्रीसँगको भेटमा विद्यार्थी तथा शिक्षकहरू सहभागी थिए । मुख्यमन्त्री आचार्यले माग सम्बोधन गर्ने बारेमा सरकारले पहल लिने बताए । ‘तपाइहरूले राम्रो सँग पढ्नुस्, सरकारले तपाईँहरूको विद्यालय सम्म पुग्ने सडक बनाउँछ’ मुख्यमन्त्री आचार्यले भने, ‘माग पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउँछौँ।’

बाटो नबन्दा बर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको उनीहरूको गुनासो छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...