News Portal

रेडियो सुन्नुहोस्

‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को हुलाक टिकट प्रचलनमा

झुलेनी नेटवर्क२०८१ फागुन ५
८६८ पटक
२०८१ फागुन ५

हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याएको छ । सोमबार विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले टिकटको आवरणमा टाँचा प्रदान गरेका छन् ।

भगवान् गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन कपिलवस्तु तिलौराकोटको खोज अनुसन्धान गरी जमिनबाट उत्खनन गरिएको ऐतिहासिक बस्तु ‘पञ्चमार्क मुद्रा’ हो भने प्युठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रूपमा रहेको मानिन्छ ।

आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले हुलाक टिकटमार्फत समाजको लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई देशको पहिचान र इतिहासलाई सधैँ जगेर्ना गर्ने दस्ताबेज समेत रहेको बताए ।

भित्रिकोट दरबारको तस्बिर रहेको हुलाक टिकटले यस ठाउँको पर्यटन प्रवर्द्धन, प्रचारप्रसारका लागि महत्त्वपूर्ण टेवा पुग्ने प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले बताए ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले हुलाक टिकटको ऐतिहासिक महत्वको व्याख्या गर्दै विभागले पुरातात्त्विक महत्त्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्य योजना निर्माण गरिरहेको बताइन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...