News Portal

रेडियो सुन्नुहोस्

‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को हुलाक टिकट प्रचलनमा

झुलेनी नेटवर्क२०८१ फागुन ५
६६९ पटक
२०८१ फागुन ५

हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याएको छ । सोमबार विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले टिकटको आवरणमा टाँचा प्रदान गरेका छन् ।

भगवान् गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन कपिलवस्तु तिलौराकोटको खोज अनुसन्धान गरी जमिनबाट उत्खनन गरिएको ऐतिहासिक बस्तु ‘पञ्चमार्क मुद्रा’ हो भने प्युठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रूपमा रहेको मानिन्छ ।

आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले हुलाक टिकटमार्फत समाजको लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई देशको पहिचान र इतिहासलाई सधैँ जगेर्ना गर्ने दस्ताबेज समेत रहेको बताए ।

भित्रिकोट दरबारको तस्बिर रहेको हुलाक टिकटले यस ठाउँको पर्यटन प्रवर्द्धन, प्रचारप्रसारका लागि महत्त्वपूर्ण टेवा पुग्ने प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले बताए ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले हुलाक टिकटको ऐतिहासिक महत्वको व्याख्या गर्दै विभागले पुरातात्त्विक महत्त्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्य योजना निर्माण गरिरहेको बताइन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...