News Portal

रेडियो सुन्नुहोस्

आफूले व्यवसाय सुरु गरेको ३५ लाख पर्ने जग्गा सङ्घलाई दान

झुलेनी नेटवर्क२०८१ फागुन २०
७६५ पटक
२०८१ फागुन २०

नौवहिनी गाउँपालिका वडा नं. ६ बाहानेका व्यवसायी शङ्कर केसी र शकुन्तला केसीले आफूले व्यवसाय सुरु गरेको जग्गा उद्योग वाणिज्य सङ्घ बाहाने बजार क्षेत्रलाई निःशुल्क दान गरेका छन् । हाल चलनचल्तीको मूल्य ३५ लाख पर्ने उक्त जग्गामा केसीले २०४८ सालमा आफ्नो व्यवसाय सुरु गरेका थिए ।

केसी परिवारले बजार क्षेत्रको १७ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनको अवसरमा सोमबार जग्गाधनी प्रमाण पुर्जा सहित थप ५० हजार नगद हस्तान्तरण गरेका छन् । शङ्कर केसी उद्योग वाणिज्य सङ्घ नौबहिनी बजार क्षेत्रका पूर्व अध्यक्ष हुन् । आफूले व्यवसाय सुरु गरेको जग्गा र आफूले नेतृत्व गरेको उद्योग वाणिज्य सङ्घ नौवहिनी बजार क्षेत्र दुवै सँग आफ्नो भावनात्मक सम्बन्ध रहेकाले दीर्घकालसम्म सम्झनाका लागि जग्गा दान गरेको व्यवसायी शङ्कर केसी ले बताए । केसी २०४६ सालसम्म सरकारी सेवामा आबद्ध थिए । तत्कालीन आन्दोलनको क्रममा मुद्दा लागेपछि जागिर छोडेर अहिले दान गरेको जग्गामा २०४८ सालदेखि व्यवसाय सुरु गरेको र सोही व्यवसायले आजको पहिचानमा पुर्‍याएको उनले स्मरण गरे ।

केसी ले दान गरेको सोही जग्गामा नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बजार क्षेत्रको सचिवालय भवनको शिलान्यास गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...