News Portal

रेडियो सुन्नुहोस्

आफूले व्यवसाय सुरु गरेको ३५ लाख पर्ने जग्गा सङ्घलाई दान

झुलेनी नेटवर्क२०८१ फागुन २०
६०५ पटक
२०८१ फागुन २०

नौवहिनी गाउँपालिका वडा नं. ६ बाहानेका व्यवसायी शङ्कर केसी र शकुन्तला केसीले आफूले व्यवसाय सुरु गरेको जग्गा उद्योग वाणिज्य सङ्घ बाहाने बजार क्षेत्रलाई निःशुल्क दान गरेका छन् । हाल चलनचल्तीको मूल्य ३५ लाख पर्ने उक्त जग्गामा केसीले २०४८ सालमा आफ्नो व्यवसाय सुरु गरेका थिए ।

केसी परिवारले बजार क्षेत्रको १७ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनको अवसरमा सोमबार जग्गाधनी प्रमाण पुर्जा सहित थप ५० हजार नगद हस्तान्तरण गरेका छन् । शङ्कर केसी उद्योग वाणिज्य सङ्घ नौबहिनी बजार क्षेत्रका पूर्व अध्यक्ष हुन् । आफूले व्यवसाय सुरु गरेको जग्गा र आफूले नेतृत्व गरेको उद्योग वाणिज्य सङ्घ नौवहिनी बजार क्षेत्र दुवै सँग आफ्नो भावनात्मक सम्बन्ध रहेकाले दीर्घकालसम्म सम्झनाका लागि जग्गा दान गरेको व्यवसायी शङ्कर केसी ले बताए । केसी २०४६ सालसम्म सरकारी सेवामा आबद्ध थिए । तत्कालीन आन्दोलनको क्रममा मुद्दा लागेपछि जागिर छोडेर अहिले दान गरेको जग्गामा २०४८ सालदेखि व्यवसाय सुरु गरेको र सोही व्यवसायले आजको पहिचानमा पुर्‍याएको उनले स्मरण गरे ।

केसी ले दान गरेको सोही जग्गामा नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बजार क्षेत्रको सचिवालय भवनको शिलान्यास गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...