News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका ३ क्याम्पसमा स्ववियू निर्वाचन हुँदै

झुलेनी नेटवर्क२०८१ चैत्र ५
१२४१ पटक
२०८१ चैत्र ५

५ वटा क्याम्पस रहेको प्यूठानका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुदैछ । एउटा क्याम्पसमा सर्वसहमत नेतृत्व चयन भएको छ भने एउटाको निर्वाचन स्थगित गरिएको छ ।

३ सय ६५ जना विद्यार्थी मतदाता रहेको गौमुखी क्याम्पस मच्छिमा अनेरास्ववियूले स्नेहा के.सी संग अखिल छैटौँका प्रविन जि.सी. ले प्रतिष्पर्धा गर्दैछन् ।

के.सी को प्यानलबाट सचिवमा गिता जि.सी, कोषाध्यक्षमा अविना श्रेष्ठ, सदस्यमा सुमित्रा एम.सि, कल्पना एम.सि, सुस्मिता थापा, पवित्रा रोका मगर र मधु भटराई प्रतिष्पर्धामा छन्। भने, जि.सी को प्यानलबाट सचिवमा शंकर थापा, कोषाध्यक्षमा नेगन खत्री, सदस्यमा प्रतिक्षा के.सी, सुसिला सुनार, रिखुराम पोख्रेल, सिर्जना खत्रि र अस्मिता महतरा प्रतिष्पर्धामा छन् ।
३ सय ५ जना विद्यार्थी मतदाता रहेको अमर क्याम्पस भिंग्रीमा अनेरास्ववियूका उम्मेद्वार जीवन रोका मगरसंग नेपाल विद्यार्थी संघका राजेश बुढाथोकीले प्रतिष्पर्धा गर्दैछन् । रोका मगरको प्यानलबाट सचिवमा यमुना राउत, कोषाध्यक्षमा रचना रोकाय र सदस्यहरुमा सुमी परियार, यशोदा खत्री क्षेत्री, खेमराज कवंर र पवित्रा घर्ती मगर प्रतिष्पर्धामा छन्। भने बुढाथोकिको प्यानलबाट सचिवमा तिलसरी राहु मगर, कोषाध्यक्षमा सृजना भुषाल, सदस्यमा सदिक्षा पोख्रेल, रीता के.सी, दिलमाया घर्ती मगर, विन्दु परियार र कुसुमा पुन प्रतिष्पर्धामा छन् । स्ववियूको निर्वाचन मंगलबार बिहान ८ बजेबाट सुरु हुने भनिएको छ ।

१ सय ५ जना विद्यार्थी मतदाता रहेको प्यूठान क्याम्पस खलंगामा अनेरास्ववियुका उम्मेदवार रुद्रमणी भुषालसंग नेपाल विद्यार्थी संघका प्रमोद वलीले प्रतिष्पर्धा गर्दैछन् । भुषालको प्यानलबाट सचिवमा सुशिला पुन, कोषाध्यक्षमा सिता सुनार सदस्यमा अनिता थापा, मन्दिरा थापा र शिक्षा के.सी प्रतिष्पर्धामा छन् । वलीको प्यानलबाट सचिवमा सावित्रा नेपाली, कोषाध्यक्षमा खिमा घर्ती मगर र सदस्यमा अनुस्का शाही, आरती थापा मगर र जुना कसाई प्रतिष्पर्धामा छन् ।

झिमरुक क्याम्पस बाग्दुलामा सर्वसहमत नेतृत्व चयन भएको हो । अखिल समाजवादीका कमल रोका क्षेत्री सभापति निर्वाचित भएका छन् । सचिवमा इश्वर पुन मगर, कोषाध्यक्ष दीपा थापा मगर सदस्यमा सरिता थापा, जित बहादुर बुढा र सुस्मा नेपाली चयन भएका छन् ।

१ हजार ७ जना विद्यार्थी मतदाता रहेको स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा भने निर्वाचन स्थगित भएको छ । सोमबार साँझ क्याम्पस प्रमुखले निर्वाचन स्थगित गरेको सूचना प्रकाशित गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...