News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका ३ क्याम्पसमा स्ववियू निर्वाचन हुँदै

झुलेनी नेटवर्क२०८१ चैत्र ५
५७५ पटक
२०८१ चैत्र ५

५ वटा क्याम्पस रहेको प्यूठानका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुदैछ । एउटा क्याम्पसमा सर्वसहमत नेतृत्व चयन भएको छ भने एउटाको निर्वाचन स्थगित गरिएको छ ।

३ सय ६५ जना विद्यार्थी मतदाता रहेको गौमुखी क्याम्पस मच्छिमा अनेरास्ववियूले स्नेहा के.सी संग अखिल छैटौँका प्रविन जि.सी. ले प्रतिष्पर्धा गर्दैछन् ।

के.सी को प्यानलबाट सचिवमा गिता जि.सी, कोषाध्यक्षमा अविना श्रेष्ठ, सदस्यमा सुमित्रा एम.सि, कल्पना एम.सि, सुस्मिता थापा, पवित्रा रोका मगर र मधु भटराई प्रतिष्पर्धामा छन्। भने, जि.सी को प्यानलबाट सचिवमा शंकर थापा, कोषाध्यक्षमा नेगन खत्री, सदस्यमा प्रतिक्षा के.सी, सुसिला सुनार, रिखुराम पोख्रेल, सिर्जना खत्रि र अस्मिता महतरा प्रतिष्पर्धामा छन् ।
३ सय ५ जना विद्यार्थी मतदाता रहेको अमर क्याम्पस भिंग्रीमा अनेरास्ववियूका उम्मेद्वार जीवन रोका मगरसंग नेपाल विद्यार्थी संघका राजेश बुढाथोकीले प्रतिष्पर्धा गर्दैछन् । रोका मगरको प्यानलबाट सचिवमा यमुना राउत, कोषाध्यक्षमा रचना रोकाय र सदस्यहरुमा सुमी परियार, यशोदा खत्री क्षेत्री, खेमराज कवंर र पवित्रा घर्ती मगर प्रतिष्पर्धामा छन्। भने बुढाथोकिको प्यानलबाट सचिवमा तिलसरी राहु मगर, कोषाध्यक्षमा सृजना भुषाल, सदस्यमा सदिक्षा पोख्रेल, रीता के.सी, दिलमाया घर्ती मगर, विन्दु परियार र कुसुमा पुन प्रतिष्पर्धामा छन् । स्ववियूको निर्वाचन मंगलबार बिहान ८ बजेबाट सुरु हुने भनिएको छ ।

१ सय ५ जना विद्यार्थी मतदाता रहेको प्यूठान क्याम्पस खलंगामा अनेरास्ववियुका उम्मेदवार रुद्रमणी भुषालसंग नेपाल विद्यार्थी संघका प्रमोद वलीले प्रतिष्पर्धा गर्दैछन् । भुषालको प्यानलबाट सचिवमा सुशिला पुन, कोषाध्यक्षमा सिता सुनार सदस्यमा अनिता थापा, मन्दिरा थापा र शिक्षा के.सी प्रतिष्पर्धामा छन् । वलीको प्यानलबाट सचिवमा सावित्रा नेपाली, कोषाध्यक्षमा खिमा घर्ती मगर र सदस्यमा अनुस्का शाही, आरती थापा मगर र जुना कसाई प्रतिष्पर्धामा छन् ।

झिमरुक क्याम्पस बाग्दुलामा सर्वसहमत नेतृत्व चयन भएको हो । अखिल समाजवादीका कमल रोका क्षेत्री सभापति निर्वाचित भएका छन् । सचिवमा इश्वर पुन मगर, कोषाध्यक्ष दीपा थापा मगर सदस्यमा सरिता थापा, जित बहादुर बुढा र सुस्मा नेपाली चयन भएका छन् ।

१ हजार ७ जना विद्यार्थी मतदाता रहेको स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा भने निर्वाचन स्थगित भएको छ । सोमबार साँझ क्याम्पस प्रमुखले निर्वाचन स्थगित गरेको सूचना प्रकाशित गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...