News Portal

रेडियो सुन्नुहोस्

बिजुवार–ढुंगेठाटी–रोल्पा सुलीचौर सडक सुधार हुँदै, १० करोड बजेट

झुलेनी नेटवर्क२०८१ चैत्र १५
३७४४ पटक
२०८१ चैत्र १५

प्यूठानको मुख्य बजार केन्द्र बिजुवारसँग पूर्वी रोल्पाको मुख्य बजार सुलीचौर जोड्ने सडक सुधार गर्न लागिएको छ । बिजुवार–ढुंगेठाटी–सुलीचौर रोल्पा सडकको स्तरोन्नति गर्न थालिएको हो । यसको लागि यस वर्ष १० करोड बढीको बजेट सुनिश्चित भइसकेको छ ।

प्यूठान नगरपालिका–४,स्थित टारीदेखि यसपालि जुम्रीकाँढा ढुंगेठाटीसम्म ६ दशमलव ९ किलोमिटर  क्षेत्रमा अन्तगत धेरै काम गर्ने गरी ठेक्का निकाल्ने तयारी गरेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख विशुन्दास लामाले बताए । कार्यालय मार्फत पहिलो चरणमा २ करोड ६२ लाख बजेट विनियोजन गरेर ठेक्का मार्फत धमाधम काम भइरहेको लामाले बताए । अन्तर जिल्ला जोड्ने महत्त्वपूर्ण सडकको रूपमा लिएर यस सडकमा ६ करोड रुपैयाँ थप बजेटको व्यवस्था गरिएको प्यूठानका सङ्घीय सांसद सूर्य थापाले बताए ।

सडक पूर्वाधार कार्यालय प्यूठान मार्फत १५ लाख बजेट ढुंगेठाटी भन्दा माथिल्लो क्षेत्रमा काम गर्नेगर ठेक्का भैसकेको सडक पूर्वाधार डिभिजन कार्यालय प्यूठानका प्रमुख चन्द्र शाहले बताए । रोल्पा क्षेत्रमा सडक पूर्वाधार डिभिजन कार्यालय रोल्पा मार्फत १ करोड ५० लाख रुपैयाँ खर्च गर्नेगर योजना परेको छ ।

‘प्रदेश मार्फत बजेट आएको हो,’पूर्वाधार कार्यालय रोल्पाका प्रमुख हेमन्त रोकाले भने, ‘बहुवर्षिय बनाउने भनेर ठेक्का प्रक्रियामा ढिलाइ भएको छ । अब छिट्टै ठेक्का निकाल्छौ ।’ उनले यस वर्ष सुलिचौर देखि अरेश सम्म घुम्ती सुधार, वाल,नालीको काम गर्ने ठेक्का निकाल्ने तयारी रहेको बताए ।

दुई जिल्लाको मुख्य÷मुख्य बजार जोड्ने  सडक ओझेलमा परेको स्थानीयले गुनासो गर्दै आएका थिए । सडक राम्रो नभएका कारण बजार गर्न अस्पताल आउने स्थानीयलाई सास्ती थियो । बर्खामा खाल्डाखुल्डीले हिलाम्य सडकले सास्ती खेपेपछि स्थानीयले वर्षौँदेखि सडक सुधारको माग गर्दै आएका थिए । हरेक निर्वाचनमा राजनीतिक दलका नेतासँग यो क्षेत्रका स्थानीयको पहिलो माग सडक सुधार गर्नेमा हुन्थ्यो ।  सडकमा यस वर्ष ठुलो भोलुमको बजेट परेर मर्मत हुने कुराले यस क्षेत्रका स्थानीय खुसी छन् । ‘सडक राम्रो नहुँदा निकै दुःख पाएका थियौ,’प्यूठान नगरपालिका–५,जुम्रीकाँढाका स्थानीय हरि जैसीले  भने, ‘सडक सुधारमा बजेट परेर काम गर्न लागेको सुन्दा खुसी लागेको छ ।’ सडक राम्रो भएपछि भाडा समेत घट्ने स्थानीयले आशा गरेका छन् । जुम्रीकाँढाको पातलकटेरी देउराली रोल्पा सिमानासम्म १६ किलोमिटर नियमित जिप सञ्चालन छ । स्थानीयले बिजुवारसम्मको भाडा २ सय ७० रुपैयाँ“ तिर्दै आएका छन् । ‘सडक राम्रो नभएका कारण मह“गो भाडा तिर्न परेको छ,’ स्थानीय रितबहादुर आलेले भने,‘सडक सुधार भए भाडा घट्ने आशा गरेका छौ ।’

सडक सुधार पछि रोल्पाको सुनीलस्मृती गाउँपालिकाको अरेस, तेबाङ, मिझिङ, सिर्प र प्यूठानको प्यूठान नगरपालिकाको जुम्रीकाँढा, माझकोट, स्वर्गद्वारी नगरपालिकाको, बेलबास, सारी,बर्जीबाङ क्षेत्रका स्थानीयले  फाइदा लिने प्यूठान नगरपालिका ५, का निवर्तमान वडाध्यक्ष लछुमन भण्डारीले बताए ।  सडक सुधारपछि यस क्षेत्रको मुहार फेरिने स्थानीयले आशा गरेका छन् । २०५५ सालमा खुलेको सडक सधैं ओझेलमा परेको थियो । बिजुवार देखि रोल्पाको सुलीचौरसम्म ३२ किलोमिटर दूरी पर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...