News Portal

रेडियो सुन्नुहोस्

बिजुवार–ढुंगेठाटी–रोल्पा सुलीचौर सडक सुधार हुँदै, १० करोड बजेट

झुलेनी नेटवर्क२०८१ चैत्र १५
३४४१ पटक
२०८१ चैत्र १५

प्यूठानको मुख्य बजार केन्द्र बिजुवारसँग पूर्वी रोल्पाको मुख्य बजार सुलीचौर जोड्ने सडक सुधार गर्न लागिएको छ । बिजुवार–ढुंगेठाटी–सुलीचौर रोल्पा सडकको स्तरोन्नति गर्न थालिएको हो । यसको लागि यस वर्ष १० करोड बढीको बजेट सुनिश्चित भइसकेको छ ।

प्यूठान नगरपालिका–४,स्थित टारीदेखि यसपालि जुम्रीकाँढा ढुंगेठाटीसम्म ६ दशमलव ९ किलोमिटर  क्षेत्रमा अन्तगत धेरै काम गर्ने गरी ठेक्का निकाल्ने तयारी गरेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख विशुन्दास लामाले बताए । कार्यालय मार्फत पहिलो चरणमा २ करोड ६२ लाख बजेट विनियोजन गरेर ठेक्का मार्फत धमाधम काम भइरहेको लामाले बताए । अन्तर जिल्ला जोड्ने महत्त्वपूर्ण सडकको रूपमा लिएर यस सडकमा ६ करोड रुपैयाँ थप बजेटको व्यवस्था गरिएको प्यूठानका सङ्घीय सांसद सूर्य थापाले बताए ।

सडक पूर्वाधार कार्यालय प्यूठान मार्फत १५ लाख बजेट ढुंगेठाटी भन्दा माथिल्लो क्षेत्रमा काम गर्नेगर ठेक्का भैसकेको सडक पूर्वाधार डिभिजन कार्यालय प्यूठानका प्रमुख चन्द्र शाहले बताए । रोल्पा क्षेत्रमा सडक पूर्वाधार डिभिजन कार्यालय रोल्पा मार्फत १ करोड ५० लाख रुपैयाँ खर्च गर्नेगर योजना परेको छ ।

‘प्रदेश मार्फत बजेट आएको हो,’पूर्वाधार कार्यालय रोल्पाका प्रमुख हेमन्त रोकाले भने, ‘बहुवर्षिय बनाउने भनेर ठेक्का प्रक्रियामा ढिलाइ भएको छ । अब छिट्टै ठेक्का निकाल्छौ ।’ उनले यस वर्ष सुलिचौर देखि अरेश सम्म घुम्ती सुधार, वाल,नालीको काम गर्ने ठेक्का निकाल्ने तयारी रहेको बताए ।

दुई जिल्लाको मुख्य÷मुख्य बजार जोड्ने  सडक ओझेलमा परेको स्थानीयले गुनासो गर्दै आएका थिए । सडक राम्रो नभएका कारण बजार गर्न अस्पताल आउने स्थानीयलाई सास्ती थियो । बर्खामा खाल्डाखुल्डीले हिलाम्य सडकले सास्ती खेपेपछि स्थानीयले वर्षौँदेखि सडक सुधारको माग गर्दै आएका थिए । हरेक निर्वाचनमा राजनीतिक दलका नेतासँग यो क्षेत्रका स्थानीयको पहिलो माग सडक सुधार गर्नेमा हुन्थ्यो ।  सडकमा यस वर्ष ठुलो भोलुमको बजेट परेर मर्मत हुने कुराले यस क्षेत्रका स्थानीय खुसी छन् । ‘सडक राम्रो नहुँदा निकै दुःख पाएका थियौ,’प्यूठान नगरपालिका–५,जुम्रीकाँढाका स्थानीय हरि जैसीले  भने, ‘सडक सुधारमा बजेट परेर काम गर्न लागेको सुन्दा खुसी लागेको छ ।’ सडक राम्रो भएपछि भाडा समेत घट्ने स्थानीयले आशा गरेका छन् । जुम्रीकाँढाको पातलकटेरी देउराली रोल्पा सिमानासम्म १६ किलोमिटर नियमित जिप सञ्चालन छ । स्थानीयले बिजुवारसम्मको भाडा २ सय ७० रुपैयाँ“ तिर्दै आएका छन् । ‘सडक राम्रो नभएका कारण मह“गो भाडा तिर्न परेको छ,’ स्थानीय रितबहादुर आलेले भने,‘सडक सुधार भए भाडा घट्ने आशा गरेका छौ ।’

सडक सुधार पछि रोल्पाको सुनीलस्मृती गाउँपालिकाको अरेस, तेबाङ, मिझिङ, सिर्प र प्यूठानको प्यूठान नगरपालिकाको जुम्रीकाँढा, माझकोट, स्वर्गद्वारी नगरपालिकाको, बेलबास, सारी,बर्जीबाङ क्षेत्रका स्थानीयले  फाइदा लिने प्यूठान नगरपालिका ५, का निवर्तमान वडाध्यक्ष लछुमन भण्डारीले बताए ।  सडक सुधारपछि यस क्षेत्रको मुहार फेरिने स्थानीयले आशा गरेका छन् । २०५५ सालमा खुलेको सडक सधैं ओझेलमा परेको थियो । बिजुवार देखि रोल्पाको सुलीचौरसम्म ३२ किलोमिटर दूरी पर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...