News Portal

रेडियो सुन्नुहोस्

६८ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईयो

झुलेनी नेटवर्क२०८१ चैत्र २०
५५० पटक
२०८१ चैत्र २०

‘मर्यादित सहकारी , सम्मुन्नत समाज’ भन्ने मुल नाराका साथ आज ६८ औ राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको आयोजना तथा विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था र नागबेली बहुउदेशिय कृषी सहकारी सस्थाको सहयोगमा एक कार्यक्रम गरि दिवस मनाईएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले सहकारी अभियान आर्थिक प्रणाली संग जोडिएको अभियान मात्र नभई यो अभियान सामाजिक रुपान्तरणको अभियान रहेको बताए ।

प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले ग्रामिण क्षेत्रका बस्तीलाई सहकारीको क्षेत्रबाट व्यवहारिक समाज निर्माणको निमित्त महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशील पोख्रेलले देशभर ७३ लाख भन्दा बढी नागरिक सहकारीमा जोडिएको र ९३ हजार भन्दा बढी सहकारी मार्फत प्रत्यक्ष रोजगारीमा जोडिएको बताए ।

बचत तथा ऋण सहकारी संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतले आफुसंग रहेको पूँजीलाइ उत्पादनमा जोड्न आग्रह गरेका छन । उनले ऐनको परिधी भित्र रहेर संस्था चलाए कुनै अफ्ठ्यारो नपर्ने बताए ।

बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लोक बहादुर बस्नेतले अरुले गरेको गल्तीमा पनि असल सहकारीहरु प्रभावीत हुनु परेको भन्दै सहकारी अभियानलाइ निर्भिक भएर अगाडी बढाउन अग्रह गरेका छन ।

विजयनगर सानाकिसान महिला बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष शर्मिला राउतले बचत ऋणमा मात्र नभएर सहकारी सदस्यको दैनिकिमा जोडिदा राम्रो हुने बताईन्।

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशिल पोख्रेलको अध्यक्षता रहेको कार्यक्रको संचालन बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रकाश वैद्यले गरेका थिए ।

नागबेली बहुउद्देशीय कृषी सहकारी संस्थाको प्राङगणमा गरिएको कार्यक्रममा प्यूठान नगरपालिका भित्रका विभिन्न सहकारी अभियान्ता र सदस्यहरुको उपस्थित रहेको थियो । दिवसको अवसरमा जुम्री देखी विजुवार सम्म सहकारी सम्वन्धी र्याली पनि गरिएको थियो।

प्यूठान जिल्लाका अधिकांश सहकारीहरुले उक्त दिवस फरक फरक कार्यक्रम गरि मनाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...